निर्देशिका विपरीत एम्बुलेन्स सञ्चालन गरे कानुनी कारबाही हुने

    • स्वास्थ्य पेज

  • ९ पुष २०८२, बुधबार

काठमाडौं: निर्देशिका विपरीत आर्थिक लाभ लिने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले बुधबार सूचना जारी गर्दै एम्बुलेन्स सेवा निर्देशिका २०८२ उल्लङ्घन गर्ने एम्बुलेन्स सेवा प्रदायकमाथि कारबाही गरिने चेतावनी दिएको हो ।

इकाईका अनुसार हाल केही एम्बुलेन्सहरूले बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा आर्थिक प्रलोभनमा परी बिरामीको इच्छा, अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशन बेवास्ता गर्दै निजी तथा महँगा अस्पतालहरूमा लैजाने गरेको गुनासो मन्त्रालयमा प्राप्त भएको छ । सूचनामा भनिएको छ, “अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य हो ।”

इकाईले एम्बुलेन्स चालक तथा सेवा प्रदायकहरूलाई प्रेषण गरिएको वा बिरामीले चाहेको स्वास्थ्य संस्थामै अनिवार्य रूपमा लैजान अनुरोध गरेको छ । साथै एम्बुलेन्स सेवा निर्देशिका बमोजिमका प्रावधानहरू पालना नगरी आर्थिक लाभ लगायत अन्य मापदण्डविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने सूचनामा स्पष्ट गरिएको छ ।

हेर्नुहोस् सूचना

 

  • ९ पुष २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech