बेलायतमा जाने नेपाली नर्सको प्रारम्भीक सूची प्रकाशित (अन्तर्वार्ताका लागि छनोट भएका नर्स)

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०८०, सोमबार

नेपालगन्जः नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउने प्रक्रिया अनुसार पहिलो चरणमा ७१ जनाको मात्र नाम निस्केको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचना अनुसार आवेदन दिएकामध्ये पहिलो चरणमा ७१ जना मात्र छनोट भएका छन्। छनोटमा परेका ७१ जनाको पनि अन्तर्वार्तापछि मात्र अन्तिम टुंगो लाग्ने छ।

विभागका निर्देशक गोपालराज तिमिल्सिनाले जारी गरेको सूचना अनुसार ७१ जनाको अन्तर्वार्ता अंग्रेजी क्यालेन्डर अनुसार यही डिसेम्बर ४ देखि ७ तारिखसम्म हुने छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको थियो। जसमध्ये ७१ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन्।

अन्तर्वार्ताका लागि छनोट भएका ७१ जना नर्स

uk nurse1.jpguk nurse2.jpguk nurse3.jpguk nurse4.jpg

  • ११ मंसिर २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech