भोलि मातातिर्थ औंसीः नेपालगन्जमा निःशुल्क प्रसूति तथा स्त्री रोग उपचार

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०८१, मंगलवार

नेपालगन्जः मातातिर्थ औंसीको दिन पारेर भोलि नेपालगन्जमा निः शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालगन्ज वीपी चोक नजिकै रहेको ग्रीन सिटी फार्मेसीले विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको संचालक समेत रहनु भएका फर्मासिस्ट लक्ष्मी नारायण न्यौपानेले जानकारी दिनुभयो ।

प्रसूति तथा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा एलिश श्रेष्ठले महिलालाई उपचार तथा परामर्श सेवा दिनुहुने छ । पाठेघरको समस्या, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, महिनावारी गडबडी एवम् निःसन्तान सम्बन्धी समस्या भएका आमा तथा दिदिबहिनीहरुलीई बिहान ८ देखि १० बजे र दिउँसो ३ बजे पछि निशुल्क चेकजाँच र परामर्श सेवा प्रदान गरिने न्यौपानेले बताउनुभयो ।

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech