स्वास्थ्यका निम्ति खानामा ६ स्वाद, यस्तो छ महत्त्व

    • स्वास्थ्य पेज

  • २६ बैशाख २०८१, बुधबार

सन्तुलित भोजन शारीरिक र मानसिक स्वास्थ्यको मुख्य आधार हो । आयुर्वेद चिकित्साले सन्तुलित भोजनका निम्ति ६ वटा रस वा स्वादयुक्त खनामा जोड दिएको छ । दैनिक गुलियो, नुनिलो, अमिलो, पिरो, तितो र टर्रो प्राकृतिक स्वादयुक्त खानाले सन्तुलित पोषण दिनुका साथै तौल नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

खानामा ६ रसको सन्तुलनले रोगहरूबाट टाढा राख्ने तथा महिनावारीमा हुने दुखाइ समेत कम हुने आयुर्वेद चिकित्सक डा। जया सत्याल बताउनुहुन्छ । खानामा मात्रै थोरै ध्यान पुर्‍याउने हो भने जटिल शारीरिक र मानसिक रूपमा स्वस्थ रहने उनको भनाइ छ । आयुर्वेद चिकित्सामा कस्तो खानाको के महत्त्व छ त ?

गुलियोः गुलियो रसयुक्त खानाले बाथ पित्तलाई सन्तुलन गर्न भूमिका खेल्दछ । सही मात्रामा गुलियो खानेकुराको प्रयोगले शरीरलाई आनन्द र उर्जा समेत दिन्छ । फलफूल, अन्न तथा कन्दमूलको पर्याप्त सेवनले अन्य तरिकाले बनाइएका गुलियोयुक्त खानेकुराको आवश्यकता पर्दैन ।

नुनिलोः नुनिलो अर्थात् लवणयुक्त खाना उर्जाको मुख्य स्रोत हुन् । यस्ता खानाले रक्तचाप सन्तुलन गर्नुका साथै बाथ सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्दछ । स्वास्थ्यका निम्ति प्राकृतिक स्रोतयुक्त नुन ९सिधेनुन, बिरेनुन०, सी फुड, अलिभ लगायतका खाना खानु स्वस्थकर हुन्छ । अधिक नुनको प्रयोगले भने उच्च रक्तचाप र छालासम्बन्धी समस्या निम्त्याउनसक्छ ।

अमिलोः पर्याप्त एन्टीअक्न्सिडेन्टको स्रोत हुन् अमिलो खानेकुरा । यीनले रोग प्रतिरोधी क्षमता विकास गर्न र सेलहरूलाई सक्रिय राख्न मद्दत गर्दछन् । त्यतिमात्र नभइ अमिलो खानेकुराले पाचन प्रणालीमा पनि सहयोग गरिरहेका हुन्छन् । शरीरलाई अमिलोका निम्ति कागती, सुन्तला तथा बेरी प्रजातिका फलफूल र दही स्वस्थकर हुन्छन् । गुन्द्रुक सिन्कीजस्ता खानेकुरामा पनि नन् प्याथोजेनिक ब्याक्टेरिया पाइने हुँदा यी खानेकुरालाई भिटामिन बी को स्रोत मानिन्छ ।

पिरोः पिरो खानेकुराले कफ र पित्त सन्तुलनमा भूमिका खेल्दछन् । पिरो खानाले मस्तिष्कका नसाहरूलाई सक्रिय गराउँछ भने पाचन प्रक्रियामा समेत मद्दत गर्दछ । रगत जम्नबाट बचाउने, शरीरमा विषाक्त पदार्थहरू हटाउने कार्यमा समेत पिरो खानाको महत्त्वपूर्ण भूमिका रहन्छ । पिरोका निम्ति खुर्सानी, अदुवा, लसुन, तोरी, रायो लगायतका प्राकृतिक स्रोतहरूको प्रयोग गर्न सकिन्छ ।

तितोः तितो रसले रगतमा ग्लुकोजको मात्रा सन्तुलन गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । अरुचीपना हटाउँछ भने कफ, बाथ, पित्त तीनवटै तत्वलाई सन्तुलन गर्दछ । रगत शुद्धीकरणका निम्ति तितो खानेकुराको महत्त्वपूर्ण भूमिका रहन्छ, शरीरका तन्तुहरूलाई समेत तितो रसले कसिलो बनाउँछ । करेला, बेसार, मेथी, तथा जडीबुटीयुक्त स्रोतबाट पाइने तितो रस स्वास्थ्यबर्दक हुन्छ ।

टर्रोः स्वास्थ्यका निम्ति अन्य स्वादहरू जस्तै महत्त्वपूर्ण भूमिका टर्रो रसको पनि हुन्छ । टर्रो खानेकुराले शरीरको तापक्रम नियन्त्रण गर्न तथा नसाजन्य रोगहरूबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । विशेषगरी ‘न्युरो सिष्टम’लाई सन्तुलनमा राख्न टर्रो रसको भूमिका रहन्छ । गेडागुडी, काँचो फलफूल तथा तरकारी, अनार, हरियो केराउ, रामतोरिया तथा विभिन्न खाले सागमा पाइने टर्रो रसहरू स्वास्थ्यका निम्ति लाभदायक हुन्छन् ।

  • २६ बैशाख २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech