के गर्भपतनले नयाँ बच्चालाई असर गर्छ ?

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०८१, सोमबार

गर्भपतन (Abortion) आजको जमनाको एकदमै महत्वोपूर्ण विषय हो। धेरै महिलाहरुलाई abortion को  बारेमा अझै  त्यती ज्ञान छैन।

१. Abortion  भन्नाले के बुजिन्छ?  

– गर्भपतन (Abortion) भन्नाले जस्तो गर्व बसिसकेपची २० हप्ता सम्म चाँही  गर्भ गयो केही कारण भने यसलाई हामी abortion भन्छौ। यो देश अनुसार फरक फरक हुन्छ। कुनै देशमा २८ हप्तालाई गर्भपतन  भनिन्छ भने  कुनै देशमा २२ हप्ता सम्मलाई भन्छन। By defination  चाँही २० हप्ता पछि हो ।
२. गर्भपतन (Abortion) का प्रकार के के हुन ? र यो कती प्रकारको हुन्छ ?
दुई प्रकारको छन:

1.     Spontaneous
– ७५%  abortion हुने कारण चाँही बच्चा बन्द खेरी नै defective बन्यो भने हुन्छ। बच्चा ovum र sperm fusion हुँदा खेरी कुनै chromosomal abnormality अथवा no of chromosome फरक पर्यो वा Unhealthy  खालको ovum वा sperm secrete भयो भने  defective बन्ने गर्छ  । त्यसरी बनेको बच्चा प्रकृति सँग लड्न सक्दैन र् त्यसलाई प्रकृतिले आँफै discard गरिदिन्छ। यो spontaneous abortion  को मुख्य कारण हो।

अरु कारणहरु
– योनिको infection को कारण
– syphyilis  को कारण
– यसै गरी हरेक १०० जना महिलामा १ जनाको योनिको आकर abnormal हुन्छ। यस्को कारणले बच्चा पाठेघर भित्र रोकिएर बस्न सक्दैन अनी त्यसलाई पनि प्रकृतिले discard गरिदिन्छ।
– अर्को कारण पाठेघरको मुख ठुलो भएर।
– चोटपटकको कारणले
– पिसाबको infection को कारणले
– यदी पेटको अपरेसन गर्ने बेला  महिला pregnent छ भने।

2.   Wanted Abortion का  कारणहरु 

– नचाहिने समयमा पेटमा बच्चा बस्नु
– बिहे अगाडि पेटमा बच्चा बस्नु
– कसैलाई अलिक लामो समय gap राख्नुपर्ने हुन्छ। कम्तिमा पनि ३-४ बर्षको फरक राख्नुपर्दछ।
– यो २१ सताब्दिमा जन्मिने बच्चा healthy  हुनुपर्दछ, यदी त्यस्तो भएन भने पनि हामी abortion गर्छौ।

यो कारणहरुले गर्दा  abortion गर्नुपर्ने, आँफै हुने र गराउनु पर्ने हुन्छ।

३.  Abortionको  लागि औषधी प्रयोग गर्न  कत्तिको उचित छ? 

– औषधी खाएर गर्ने abortion लाई हामी Comprehensive abortion care भन्छौ।
९ हप्ता अर्थात ६३ दिनको गर्व जुन औषधी खाएर फ्याक्न सकिन्छ भने तेसलाई मेडिकल abortion भनिन्छ। यसको लागि दुई खालको औषधी हुन्छ। Mifepristone भन्ने औषधी आज जस्तो दियौ भने तेस्को २४-४८ घण्टामा ४ टेबलेट  Misoprostal भन्ने औषधी दिन्छौ। यो औषधी प्रयोग गर्न ९९ प्रतिसत को abortion सफल हुन्छ। तर यो औषधी जहाँ पायो त्यही लिनु हुँदैन। यो स्वास्थ्यकर्मिले बिरामीलाई जाचेर, बिरामीको history पुरा थापाएर , कोउन्सेलिङ गरेर मात्र लिनुपर्छ।

महिनावारीको समय २० प्रतिसत गल्ती हुने गर्छ, र नियमित रुपमा महिनावारी हुँदैन। आमाको पेटमा बच्चा बसेको हुन्छ र रगत पनि अली अलि बगीराखेको हुन्छ। यो अवस्थामा चाँही बच्चा खस्ने सम्भावना हुन्छ जसलाई threaten abortion भनिन्छ। रगत बगेपछी महिलाले महिनवारी भएको ठान्छिन। पेटमा जती हप्ता को पनि बच्चा हुन सक्छ र यदी यो समयमा औषधी खायो भने आमाको ज्यानै जान सक्छ।

४. के हो  Safe Abortion?

– Safe Abortion भन्नले सहि समय, सही ठाउँ र  सही मान्छेले गरेको abortion हो। सही समय भन्नाले  ९ हप्ता सम्मको समय। सही ठाउँ भन्नाले सरकारले सुचिक्रित गराएको अस्पताल र सही मान्छे भन्नले तालिम प्राप्त सेवा प्राधावीक।

५. Pregnancy को समयमा के खाने के नखाने के गर्ने के  नगर्ने

Pregnancy को बेला नखानु हुने  ३ चिज
– धुम्रपान
– मदिरासेवन
– डाक्टरले नलेखेको औषधी
के गर्ने
– सामान्य excercise गर्ने। Heavy Excercise नगर्ने.
– घोप्टो नसुत्ने
– लुगा कसिलो नलगाउने
– सरसफाइमा ध्यान दिने
– मज्जाले खाने
– खुशीसँग pregnency को समय बिताउने
– बच्चा करले होईन रहरले जन्माउने
– राम्रो राम्रो कुराहरु मात्र सोच्ने

6. के Abortion ले नयाँ बच्चालाई असर गर्छ?

नयाँ बच्चालाई abortion ले खासै असर गर्दैन तर abortion  गराउदा सुरक्छित ठाउमा सुरक्छित तरिकले गरएनौ भने बच्चा अर्को नबस्ने डर हुन्छ।
-Spontaneous abortion भएको बेलामा पनि समयमा सफा गराइएन भने बच्चा नबस्ने सम्भावना हुन्छ।

7. Abortion गराउने उमेर समुह 
– सबै भन्दा   बढी २०-३० बर्षका महिलाहरु छन तेसमा पनि abortion गराउने महिलाहरुमा   २४% unmarried  छन् ।

(प्रोफेसर डा.जागेश्वोर गौतमसँगको कुराकानीमा  आधारित)

  • २४ बैशाख २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech