पोषण केसीलाई मातृशोक

    • स्वास्थ्य पेज

  • २६ बैशाख २०८१, बुधबार

नेपालगन्जः नेपाली कांग्रेसका युवा नेता पोषण केसीलाई मातृशोक परेको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ बाँकेका क्षेत्रीय सभापति एवं नेपाल पत्रकार महासंघ पूर्वमहासचिव केसीकी आमाको बुधवार मातातीर्थ औंसीका दिन निधन भएको हो ।

राप्तीसोनारी गाउँपालिका–१ लौकी निवासी युवा नेता केसीकी ७७ वर्षीया आमा शान्ता रेग्मीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा निधन भएको हो। शान्ता लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

स्व.रेग्मीको दिउँसो राप्तीसोनारी–१ लौकी घाटमा अन्तिम संस्कार गरिएको कांग्रेसका नेता खुमबहादुर बस्नेतले जानकारी दिनुभयो । काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले स्वर्गीय शान्ता रेग्मीको पार्थिव शरीरमा काँग्रेसको झन्डा ओढ्याएपछि केसीले दागवत्ती दिनुभएको हो ।

अन्त्यष्टि कार्यक्रममा ठूलो संख्यामा काँग्रेसका नेता कार्यकर्ताहरु, जनप्रतिनिधिहरु, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

  • २६ बैशाख २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech