उत्कृष्ट करदाताका रुपमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर सम्मानित

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०८१, मंगलवार

नेपालगन्जः लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर सम्मानित भएको छ । कोहलपुर नगरपालिकाले आफ्नो ११ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट करदाताका रुपमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरलाई सम्मानित गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रवन्ध निर्देशक डा.सुरेश कुमार कनोडियालाई कदरपत्रले सम्मानित गर्नुभएको हो ।

आर्थिक वर्ष २०७९-०८० मा लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले २७ लाख ७२ हजार ८५७ रुपैयाँ कर तिरेको छ ।

अघिल्लो आर्थिक वर्षमा पनि संस्थागततर्फ सबैभन्दा बढी कर तिरेपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुर उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको थियो ।

दिवसका अवसरमा छाछात्रा दौड प्रतियोगिताका उत्कृष्ट, राष्ट्रपति रनिङशिल्डका पदक विजेता, नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कविता प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता, उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट नगर प्रहरी, हरित अभियानमा सहयोग पुर्याउने व्यक्ति तथा संस्था, शैक्षिक सत्र २०७९-८० मा एसइई र विएलईमा उत्कृष्ट हुनेलाई पुरष्कृत तथा सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट बालविकास शिक्षक, कर्मचारी तथा शिक्षकहरुलाई समेत प्रोत्साहन तथा सम्मान गरिएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताउनुभयो ।

 

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech