गर्भनिरोधक औंषधि खानुका फाइदा र हानी

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०८०, बिहीबार

अमेरिकामा अब महिला डाक्टरको पर्चा बिना गर्भनिरोधक औषधी खान सक्छन् । यसबारे अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले घोषणा गरेको छ । गर्भनिरोधक औषधी ओपिल हरेक उमेरका महिलाले प्रयोग गर्न सक्ने एफडीएले बताएको छ । ओपिलका अनुसार सन् २०२४ को सुरुवातमा फार्मेसीको पसलमा उनीहरूको औषधी पाइनेछ । अमेरिकासमेत विश्वका सय देशमा यो औषधी पसलमा उपलब्ध हुनेछ ।

अमेरिकामा महिला विशेषज्ञका अनुसार गर्भ निरोधकको यो औषधीको विषयमा महिला विशेष गरी किशोरीमा लाज र हिचकिचाहट हुन्थ्यो तर अहिले अवस्था यस्तो छैन । साथै, प्रजननसँग सम्बन्धित स्वास्थ्य सेवा लिन उनीहरूलाई जुन समस्या हुन्थ्यो, त्यसमा पनि मद्दत मिल्नेछ ।

नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित जानकारी अनुसार चिकित्साको इतिहासमा हजारौँ औषधिको विकास भएको थियो तर सन् १९५० मा गर्भ निरोधक औषधिको विकास भएपछि ठुलो परिवर्तन भएको थियो । यसमा लेखिएको जानकारी अनुसार यसले महिलालाई स्वतन्त्रता मात्र दिएको छैन, प्रजननमा पनि स्वायत्तता दिएको छ ।

गर्भनिरोधकको प्रभाव

एक थरी गर्भनिरोधक औषधीमा एस्ट्रोजन र प्रोजेस्ट्रोन दुवै हुन्छ जसलाई सिओसी पनि भनिन्छ  । यस्तै अर्को थरीमा प्रोजेस्ट्रोन मात्रै हुन्छ, जसलाई पिओपी भनिन्छ ।

डाक्टरका अनुसार गर्भनिरोधक लिँदा कुनै ठुलो साइड इफेक्ट हुँदैन तर सीओसी र पीओपी लिँदा महिलाको शरीरमा केही असर अवश्य हुन्छ ।

डाक्टरका अनुसार जुन औषधीमा एस्ट्रोजन हर्मोन हुन्छ त्यसले ती महिलालाई मद्दत गर्छ जसलाई रगत जम्ने समस्या छ, मुटु रोग छ र रक्तचाप उच्च रहन्छ ।

जुन औषधीमा प्रोजेस्ट्रोन हुन्छ, त्यो प्रयोग गर्ने महिलालाई वाकवाकी लाग्ने, टाउको दुख्ने, अनियमित महिनावारी र रिँगटा लाग्नेजस्ता समस्या हुन सक्छन् ।

यस्ता औषधी दिनुभन्दा अघि कुनै महिलामा मिर्गौला, कलेजोको समस्या छ वा क्यान्सर लागेको छ कि छैन भनेर हेर्ने गरिन्छ ।

यी गर्भ निरोधक औषधी खाने महिलामा भिन्न भिन्न असर देखिन सक्छ जसमध्ये यी मुख्य हुन्

यी औषधीले शरीरमा हुने असर

– शरीरमा पानी जम्मा हुन्छ

– शरीरमा भारीपन महसुस हुन्छ

– डन्डिफोर बढाउने खतरा

– स्तनमा भारीपन

– मुड स्विङ हुन्छ

गर्भनिरोधक लामो समयसम्म प्रयोग गर्न सकिन्छ र यसको खासै ठुलो दुष्प्रभाव पनि नहुने डाक्टर बताउँछन् ।

दिल्ली स्थित अमृता अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. प्रतिमा मित्तलले पहिला पाइने गर्भनिरोधकमा एस्ट्रोजनको मात्रा बढी हुने बताइन् । उनी भन्छिन्, ‘यस्ता गर्भनिरोधकको साइड इफेक्ट पनि धेरै हुन्थे तर अहिले यो निकै कम मात्रामा हुन्छ ।’

यसबारे विस्तृत जानकारी दिँदै उनी भन्छिन्, ‘कुनै महिलाले धूम्रपान गर्छिन् र एस्ट्रोजन भएको गर्भनिरोधक खाइरहेकी छिन् भने उनको रगत जम्ने समस्या हुनसक्छ । तर औषधीमा प्रोजेस्ट्रोन हुन्छ भने यसले खासै प्रभाव पर्दैन ।’

तर महिलाको स्वास्थ्य परिस्थिति अनुसार यसको सेवनका केही फाइदा पनि हुन्छन् ।

– सबैभन्दा महत्त्वपूर्ण, गर्भनिरोधकका कारण तपाईं परिवार नियोजन गर्न सक्नुहुन्छ ।

– महिनावारी नियमित हुन्छ

– महिनावारीका बेला हुने अत्यधिक रक्तस्रावलाई कम गर्न मद्दत गर्छ

– ओभरियन क्यान्सरको जोखिम कम हुन्छ ।

डा. प्रतिमा मित्तलका अनुसार यो औषधी खाँदा क्यान्सरको खतरा बढ्न भन्ने गरिन्छ, तर यो भ्रम मात्रै हो ।

यस्ता औषधी सधैँ खाँदा यी हर्मोन तपाईंको शरीरमा जम्मा हुनेछ भन्नु पनि गलत हो । यो कलेजोमार्फत तपाईंको शरीरबाट बाहिर निस्कन्छ ।

महिलालाई मात्र बोझ किन ?

गर्भनिरोधक औषधिले महिलालाई परिवार नियोजनको स्वतन्त्रता दिएको विज्ञहरू बताउँछन्, तर त्यसपछि यसको जिम्मेवारी पनि उनीहरूमाथि नै पर्न थाल्यो जसको भारी अहिलेसम्म उठाइरहेका छन् ।

पुरुषका लागि गर्भ निरोधक साधन छैन भन्ने होइन ।

त्यस्तै, सरकारको परिवार नियोजन कार्यक्रमअन्तर्गत गर्भ निरोधक चक्कीसँगै कन्डम पनि दिइन्छ तर तथ्याङ्क हेर्दा यसको प्रयोग कम छ ।

डाक्टरका अनुसार पुरुषहरूका लागि कन्डम र भ्यासेक्टोमीलगायतका गर्भ निरोधक विधिहरू कम छन् ।

तर यी दुवैसँग जोडिएका मिथक छन्, जस्तै कन्डमको प्रयोगले यौन आनन्द कम हुन्छ भन्ने मान्यता छ भने भ्यासेकटोमीका कारण शरीरमा कमजोरी आउने हो कि भनेर डराउँछन् । यसको असर महिलामा परेको छ ।

यस्ता मिथकलाई हटाउन सरकारबाट धेरै सचेतना अभियान चलाइए पनि पुरुषको सोचमा परिवर्तन आएको भए पनि त्यसको प्रतिशत भने निकै कम रहेको चिकित्सकहरूको भनाइ छ ।

बीबीसी

  • ४ श्रावण २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech