सातु खानुका फाइदा

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०८१, शुक्रबार

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू समुदायमा आजका दिन जौँको सातु र सर्वत खाएर यो पर्व मनाउने चलन छ । जौ र मकैबाट बनाइने सातुमा उच्च कार्बोहाइड्रेट, फाइबर, सूक्ष्म पोषक तत्व, आइरन, म्याग्नेसियम, सोडियम र प्रोटिन पाइन्छ । आउनुहोस् आज हामी सातु खानुका फाइदा के छन् भन्ने विषयमा चर्चा गरौं ।

यस्ता छन् सातु खानुका फाइदा

यसले खासगरी गर्मीमा शीतलता प्रदान गर्छ ।

शरीरमा अत्यधिक तागत दिने हुँदा सबै किसिममा रोगका लागि फाइदाजनक मानिन्छ ।

कतिपय मानिसहरुलाई पटक पटक भोक लाग्ने हुन्छ । लामो समयसम्म भोकै बस्न सकिरहेका हुँदैनन् । उनीहरुका लागि सातुको प्रयोग फाइदाजनक हुनसक्छ । सातुको सरबत बनाएर पिउने गर्नाले लामो समयसम्म भोकको अनुभुति हुँदैन ।

रक्त कोषिकाहरुलाई सन्तुलित र सक्रिय राख्छ, जसबाट रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

सातुको सेवनले शरीरमा छिट्टै उर्जा दिन्छ । शरीरलाई कमजोर हुन दिदैन ।

सातुको सेवनले मोटोपनबाट हैरान भएका मानिसहरुका लागि केहि फाइदा पुग्छ । शरीरको मेटाबोलिजम प्रक्रियालाई सन्तुलित बनाउँछ र तौल नियन्त्रण गर्छ

सातुको नियमित सेवनले मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, मुटुसम्बन्धी रोग तथा कलेजोमा हुने समस्याबाट पनि बच्न मद्दत गर्छ ।

  • २८ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech