बिपी प्रतिष्ठानको कामु उपकुलपतिमा डा प्रल्हाद कार्की नियुक्त

    • स्वास्थ्य पेज

  • १७ असार २०८०, आईतवार

नेपालगन्जः सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कामु उपकुलपतिमा डा प्रल्हाद कार्कीलाई नियुक्त गरेको छ। प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिनुभएको हो ।

डा कार्की प्रतिष्ठानमै कार्यरत वरिष्ठ चिकित्सक हुनुहुन्छ। डा कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ। हालसम्म प्रतिष्ठानका शिक्षाध्यक्ष डा सञ्जिब शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो।

  • १७ असार २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech