कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा डबल धामी

    • स्वास्थ्य पेज

  • १७ असार २०८०, आईतवार

नेपालगन्जः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको रेक्टार पदमा डा डबल धामी नियुक्त हुनु भएको छ । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा धामीलाई रेक्टारमा नियुक्त गर्नुभएको हो ।

मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको सिफारिसका आधारमा डा धामीलाई नियुक्त गर्नुभएको हो । उपकुलपति डा रावलले डा धामी, डा भुमिराज क्षेत्री र डा कुशल भट्टराईको नाम सिफारिस गर्नुभएको थियो ।

 

  • १७ असार २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech