नेपालगन्जका मेयर बिष्टलाई डेंगु, अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७९, शुक्रबार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु पुष्टि भएपछि बिष्ट अस्पताल भर्ना हुनुभएको छ । बुधबार साँझदेखि उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि विष्टले विहिवार स्वास्थ्य जाँच गराउनुभएको थियो । उहाँ आज नेपालगन्ज मेडिकल कलेजमा भर्ना हुनुभएको छ ।

विष्ट मेडिकल वार्डको १३३ नम्बर क्याबिनमा उपचाररत हुनुहुन्छ । उहाँलाई उच्च ज्वरो आएको छ ।

  • १४ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech