नेपाललाई ट्रान्जिट बनाउने गरि आएका विदेशी नागरिकहरुको कोभिड-१९ परिक्षण नगर्नु-मन्त्रालय

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड परिक्षण गर्ने प्रयोगशालाहरुले “कोभिड-१९ को प्रयोगशाला परिक्षण निर्देशिका २०७७” अनुसार परिक्षण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवारहरु र नेपाल बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका अधारमा मात्र कोभिड-१९ को परिक्षण गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।

नेपाललाई ट्रान्जिट बनाउने गरि आएका वा नेपालमा परिक्षण मात्र गर्ने गरि आएका कुनैपनि विदेशी नागरिकहरुको कोभिड १९ परिक्षण नगरिदिन मन्त्रालयले सबै प्रयोगशालालाई निर्देशन गरेको छ । यस किसिमले निरुत्साहित गर्दै बन्देज गर्न नसक्दा संक्रमणको जोखिम झनै बढेर गएको मन्त्रालयको ठहर छ ।

त्यसैले यस विपरित कुनैपनि प्रयोगशालाहरु वा व्यक्तिहरुले परिक्षण गर्ने गराउने गरेको पाइएमा नियमानुसार कारवाही समेत गरिने व्यवहोरा एक सूचना जारी गर्दै मन्त्रालयले जनाएको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech