नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७७, बिहीबार

तस्विरः फाइल

काठमाठौं १५, असोज ।
नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय नाघेको छ। गत २४ घण्टामा मात्र ११ जना मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ। तर मन्त्रालयले आज दिएको विवरणमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका नेपालगन्जका पुरुष र सुर्खेतकी महिला, त्यस्तै भेरी अस्पतालमा मृत्यु भएका अर्थोपेडिक सर्जनको तथ्यांक भने समावेश गरेको छैन् ।

६ वटा जिल्लाका १ महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।

रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै बाँकेमा ३५ वर्षीया महिलाको मृत्यु भएको विवरण मन्त्रालयले दिएको छ । ती महिलाको बुधवार मृत्यु भएको थियो ।

 

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech