बाँकेमा एकैदिन १९९ जनामा कोरोना संक्रमण पुष्टि,थपिएका अधिकांशमा लक्षण चिन्ह

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०७८, शुक्रबार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेमा ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न प्रयोगशालामा २७२ जनाको परीक्षण गर्दा १९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

भेरी अस्पतालको प्रयोगशालामा गएको २४ घण्टामा १ सय ८३ नमुना परीक्षण गरिएकोमा १ सय २७ जनामा भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । थपिएका अधिकांशमा लक्षण चिन्ह देखिएको भेरी अस्पतालले जनाएको छ ।

एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक भएको अस्पतालका मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो । यसले कोभिडको संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको संकेत गर्ने उहाँको भनाइ छ ।

संक्रमण पुष्टि भएका अधिकांशमा लक्षण चिन्ह देखिएको छ भने अधिकांश युवाहरु रहेका छन् । यस्तै नेपालगन्ज मेडिकल कलेजमा गरिएको नमुना परीक्षणमा सतप्रतिशतमा पोजेटिभ देखिएको थियो ।

विहीबार ४५ जनाको नमुना संकलन गरिएको थियो । त्यसको रिपोर्ट आज सार्वजनिक गर्दै अस्पतालले ४५ जनामै भाइरस संक्रमण देखिएको जनाएको छ । बागेश्वरी ल्याबमा २३ जना र नेपालगन्ज स्थित जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा ४ जना गरि एकैदिन १९९ जनामा संक्रमण पुष्टि भएको हो ।

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech