केयर सिटी हस्पिटलमा थप दुई विशेषज्ञ चिकित्सक भित्रिए

    • स्वास्थ्य पेज

  • २४ पुष २०८२, बिहीबार

नेपालगन्जः विशेषज्ञ सेवा प्रदान गर्दै आएको नेपालगन्ज कारकाँदोस्थित केयर सिटी हस्पिटलले थप दुई जना विशेषज्ञ चिकित्सक भित्र्याएको छ ।

अस्पतालले हालै नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. दिपेन्द्र राई र Consultant GI तथा HPB Surgeon डा. सुदीप रेग्मीलाई पूर्णकालिन विशेषज्ञ चिकित्सकका रूपमा भित्र्याएको छ।

अस्पतालका म्यानेजर सन्तोष शाहले भने, -“हामीले सधैं क्वालिटी सेवा प्रदान गर्ने लक्ष्य राखेका छौँ। यसका लागि थप दुई जना विशेषज्ञ चिकित्सक भित्र्याइएको हो । यसले हाम्रो सेवालाई अझ स्तरीय बनाउनेछ ।”

केयर सिटी हस्पिटलले चौविसै घण्टा प्रसूति, स्त्रीरोग, बालरोग र फिजिसियन सेवाहरु उपलब्ध गराउँदै आएको छ। नयाँ विशेषज्ञहरूको आगमनसँगै अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा थप विश्वास र सुविधा प्रदान गर्ने प्रतिबद्धता प्रकट गरेको छ।

नवजात र बालबालिकाको स्वास्थ्यदेखि जटिल शल्यक्रियासम्म, अब रोगीहरुले थप विशेषज्ञको प्रत्यक्ष सेवाको लाभ लिन सक्ने भएका छन्।

  • २४ पुष २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech