नेपालगन्जः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेको ३५ औं ‘प्याब्सन डे’ मा स्वास्थ्यपेजकर्मी प्रियास्मृति ढकाल सम्मानित भएका छन् ।
सञ्चारकर्ममार्फत निजी तथा आवासीय विद्यालयहरुको उन्नयनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पत्रकारिता विधा तर्फ १० हजार नगदसहित ढकाल सम्मानित भएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य लगायतका अतिथिहरुले पत्रकार ढकाललाई दोसल्ला, कदरपत्र र नगदसहित सम्मान गरेका हुन् ।
उत्कृष्ट शिक्षक र विद्यार्थीलाई प्याब्सन डे मा सम्मानित गर्दै आएको प्याब्सन बाँकेले यो वर्षदेखि विधागत क्षेत्रमा पनि सम्मान गर्न थालेको हो । पत्रकारिता विद्यामा सम्मानित हुने ढकाल पहिलो हुन् ।
पत्रकार ढकाल स्वास्थ्य पेजका प्रकाशक तथा कार्यकारी सम्पादक हुन् । रेडियो वीएफवीएस र हाइवे पोष्ट दैनिकमा समेत आवद्ध ढकाल करिव २० वर्षदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका छन् ।
पछिल्लो समय उनले स्वास्थ्य र शिक्षाका विषयमा विशेष रुपमा कलम चलाउँदै आएका छन् ।








