पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

    • स्वास्थ्य पेज

  • १० माघ २०७७, शनिबार

काठमाडौंः
नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा धनुषामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सर्लाहीमा २, काठमाडौँमा ८०, काभ्रेमा २, चितवनमा ४३, दोलखामा १, धादिङमा २, भक्तपुरमा ९, मकवानपुरमा १ र ललितपुरमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकमा ४, कास्कीमा १७, गोरखामा २, नवलपरासी पूर्वमा ४, बाग्लुङमा १, स्याङ्जामा २, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ४, नवलपरासीमा ३, पाल्पामा ८, प्यूठानमा १, बर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा १० र कैलालीमा १ जना संक्रमित थपिएका छन्।

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech