नवलपरासी जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०८२, बिहीबार

नवलपरासीः नवलपरासी जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका माननीय स्वास्थ्यमन्त्री खेम बहादुर सारुले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेशमै चालू आर्थिक वर्षमा नवलपरासीलाई पहिलो खोप सुनिश्चित जिल्ला घोषणा गरिएको भन्दै मन्त्री सारुले खुसी व्यक्त गरे । उनले जिल्लाका सबै बालबालिकालाई खोप लगाई सुरक्षित बनाउन सहयोग गर्ने सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरे ।

उनले रोग लागेर उपचार गर्नु भन्दा पहिले रोग लाग्नै नदिने अवस्था सिर्जना गर्न स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले योजना बनाएर काम गरिरहेको बताए ।मन्त्री सारुले गुणस्तरियता र दिगोपनालाई ख्याल गरेर स्वास्थ्य क्षेत्रमा काम गर्न मातहतका कार्यालय र कर्मचारीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाका प्रतिनिधीहरु, उत्कृष्ट कार्य गर्ने स्वास्थ्य सस्थ्याहरुलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खड्ग बस्नेत, जिल्ला खोप समन्वय समिति नवलपरासीका संयोजक भगवती प्रसाद यादव, गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रोशनलाल चौधरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेको स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिए ।

  • ८ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech