बाँकेमा पछिल्लो २४ घन्टामा ४५ थपिए, ३९ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २९ जेष्ठ २०७८, शनिबार

नेपालगन्ज: बाँकेका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा कोभिड पुष्टि भएको छ । कुल १८७ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

शुक्रबार भेरी अस्पतालको प्रयोगशालामा ९३ नमुना परीक्षण गर्दा २७ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३५ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा ५९ नमुना परीक्षण गर्दा १४ जना गरि कुल ४५ संक्रमित थपिएका हुन।

संक्रमण पुष्टि हुनेहरुमध्य बाँकेका २५ जना छन् । जिल्लाका ९ जना महिला र १६ जना पुरुष गरि २५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८१ हजार ७९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आज जिल्लामा कोरोना संक्रमण मुक्त भई ३९ जना डिस्चार्ज भएका छन् । १७ जना महिला र २२ जना पुरुष आज एकैदिन निको भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमणकै कारण गएको २४ घण्टामा मृत्यु संख्या २ रहेको छ ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech