सिद्धार्थ मावि कोहलपुरमा निःशुल्क स्वास्थ्य परीक्षण, विद्यार्थीमा चिसाले स्वास्थ्य समस्या निमत्याउँदै

    • स्वास्थ्य पेज

  • २० पुष २०८२, आईतवार

कोहलपुरः कोहलपुर नगरपालिका वडा नं.६ रझेनास्थित सिद्धार्थ माध्यामिक विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । नेपाल प्रेस युनियन लुम्विनी प्रदेशको आयोजना तथा कौशल्या मेमोरियल अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा विद्यार्थी र शिक्षकहरुलाई लक्षित गरेर शिविर गरिएको युनियन लुम्विनी प्रदेशका उपाध्यक्ष जयसिंह केसीले जानकारी दिए ।

कौशल्या मेमोरियल अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.चेतन न्यौपानेका अनुसार विद्यालयका विद्यार्थी र शिक्षक गरी २५४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसक्रममा अधिकांशमा रुघाखोकीको समस्या पाइएको डा.न्यौपानेले बताए । बढ्दो चिसोको प्रभावका कारण कतिपयमा श्वासप्रश्वास सम्वन्धी समस्या समेत देखिएको डा.न्यौपानेको भनाइ छ । स्वास्थ्य समस्या देखिएकालाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको विद्यालयका शिक्षक नवराज ढकालले जानकारी दिए ।

शिविरको उद्घाटन विद्यालयका प्रधानाध्यापक रन्जना रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अस्पतालका निर्देशक अर्जुन महत, वडा सदस्य सिता नेपाली लगायत सहभागि थिए । शिविरमा आएका बिरामीको डा.न्यौपानेको नेतृत्वमा स्टाफनर्स सुजता चौधरी, फार्मासिस्ट कमल चौधरीललगायत उपस्थिति थिए ।

  • २० पुष २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech