बालरोग विशेषज्ञ डा.रोमा बोरा प्राध्यापकमा पदोन्नती

    • स्वास्थ्य पेज

  • २ असार २०८१, आईतवार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरकी सहप्रध्यापक समेत रहनुभएकी बालरोग विशेषज्ञ डा.रोमा वोरा प्राध्यापकमा पदोन्नती हुनु भएको छ । काठमाडौं विश्वविद्यालयले उहाँलाई प्राध्यापकमा पदोन्नती गरेको हो । करिव चार वर्षदेखि उहाँ नेपालगन्ज मेडिकल कलेजमा सहप्रध्यापकको रुपमा रहनु भएको थियो ।

कान्ति आरोग्य अस्पतालमा समेत कार्यरत उहाँले पश्चिम क्षेत्रका बालबालिकाहरुलाई स्तरीय स्वास्थ्य सेवामात्र नभएर अव शैक्षिक गतिविधि र अनुसन्धानमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा लिइएको छ । पोर्टफोलियोमा प्राध्यापकलाई बिशिस्ट श्रेणीको सचिव स्तरको मानिन्छ । नेपालमा महिला प्राध्यापक निकै कम छन् ।

बालरोग विशेषज्ञ डा.रोमा बोरा

त्यसमा पनि पश्चिम नेपालबाट महिलाको उपस्थितिनै नगन्य अवस्थामा छ । सम्भवतः सबैभन्दा कम उमेरमा महिला प्राध्यापकमा पदोन्नती हुनेमा डा.बोराको नाम सूचिकृत भएको छ ।

प्रोफेसरमा पदोन्नती भएपछि स्वास्थ्य पेजसँग कुराकानी गर्दै उहाँले बालबालिकाको उपचारमा मात्र नभएर आफुले शैक्षिक गतिविधि र अनुसन्धानका कार्यक्रमलाई पनि थप स्तरीय बनाएर लैजाने प्रतिवद्धता जनाउनुभएको छ ।

  • २ असार २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech