डा.भोला रिजालको अध्यक्षतामा फर्टिलिटी सोसाईटी अफ नेपालको नयाँ कार्यसमिति चयन

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०८१, आईतवार

काठमाडौं: डा.भोला रिजालको अध्यक्षतामा फर्टिलिटी सोसाईटी अफ नेपाल (एफईएसओएन)को नयाँ कार्यसमिति चयन भएको छ ।

संस्थाको पहिलो बार्षिक साधारण सभाले वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । साधारण सभाबाट बरिष्ठ उपाध्यक्षमा डा.उमा श्रीवास्तव, उपाध्यक्षमा डा.ज्ञानेन्द्र कार्की, डा.सानुमैया श्रेष्ठ र डा.सविना श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तै महासचिवमा डा.स्वस्ति शर्मा, सह महासचिवमा डा.रश्मि श्रीश, कोषाध्यक्षमा डा.मीरा थापा निर्वाचित हुनुभएको बताईएको छ । सभाले सदस्यहरुमा डा.उषा खाँण, डा.प्रेरणा दाहाल, डा.चेतना श्रेष्ठ, डा.गिरिधर शर्मालाई निर्वाचित गरेको छ ।

कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ। ४५ जना सदस्य रहेको सोसाइटीको यसअघि तदर्थ समिति रहेको थियो।

समाजको उदेश्य नेपालमा नि:सन्तान सेवाको विकासमा अन्तराष्ट्रिय स्तरको उपचार प्रदान गर्ने रहेको अध्यक्ष डा. रिजालले बताउनुभएको छ ।

  • १६ बैशाख २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech