महिनावारी रोक्ने औषधि आफुखुसी प्रयोग गर्दा कस्तो जोखिम हुन्छ ?

    • स्वास्थ्य पेज

  • १ बैशाख २०८१, शनिबार

नेपालगन्जः हिन्दु धर्मको परम्परात मान्यता अनुसार मासिक स्राव वा महिनावारीलाई बार्ने चलन छ । हाम्रो समाजमा महिनावारी भएको ५ वा ७ दिन सम्म एक अलग स्थानमा बस्ने गरिन्छ । साथै उनिहरुलाई भान्सा लगायत धार्मिक क्रियाकलाप र चाडपर्वमा सहभागी हुन दिइदैन ।  आफ्नो परिवारमा केहि धार्मिक क्रियाकलाप पुजा, श्राद्ध, चाडपर्वमा संलग्न हुनका लागी धेरैजसो महिलाले फार्मेसि वा क्लिनिकमा गएर महिनावारी रोक्ने औषधि खाने गर्छन् ।

धेरैजसो महिलाले महिनावारी रोक्ने औषधि आफुखुशि प्रयोग गर्दै आइरहेका  स्त्री रोग बिशेषज्ञ डा.रंगिना लाइकङ्गबमले बताउनुभयो । उहाँका अनुसार महिनावारी रोक्ने औषधि खान मिल्छ तर  चिकित्सकको सल्लाह अनुसार खानुपर्ने हुन्छ । महिनावारी रोक्नका लागी महिनावारी भएको कती समय भयो, कुन महिनाको महिनावारी कति दिनका लागी रोक्ने त्यहि अनुसार कुन हर्मोन दिने छनोट गरी हर्मोनको समायोजन गर्नुपर्छ । यो प्रक्रृयाबाट महिनावारी रोकेमा अर्को पटक केहि जटिलताहरु आउँदैन ।

धेरैजसो महिलाले महिनावारी रोक्ने औषधि जथाभावि रुपमा प्रयोग गर्दै आइरहेका छन् । उनिहरु आफन्तको विवाह धार्मिक पुजा वा चाडपर्वमा महिनावारी नहुनका लागी यस्ता औषधिको प्रयोग गरेका हुन्छन् । यो औषधिको जथाभावि प्रयोगले अर्को पटक महिनावारी हुदाँ अत्याधिक रगत बग्ने वा महिनावारी भएको १५ दिनसम्म पनि रगत बगिरहने हुन्छ । साथै महिनावारी  भएको १५ दिनमा नै अर्को महिनावारी हुने समस्या उत्पन्न हुनसक्ने उहाँले बताउनुभयो ।

जथाभावी यस्ता औषधिको प्रयोग गर्दा ज्यान जानसक्ने खतरा हुन्छ । केहीदिन खाने र छोडेपछि अत्यधिक रक्तस्राव भई महिलाको ज्यान जाने जोखिम हुन्छ । त्यस्तै, गर्भवती भएको अवस्था रहेछ भने गर्भ खेर जाने र भविष्यमा गर्भाधारण गर्न सक्ने अवस्थाहुन्सक्छ । थाहा नपाई खाएको औषधिले जे पनि हुनसक्ने जोखिम भएकोले एकदम सचेत भएर बुझेर औषधिको प्रयोग गर्नुपर्छ । त्यसैले महिनावारी रोक्ने औषधि प्रयोग गनुअघि चिकित्सकको परामर्श लिनु पर्छ ।

  • १ बैशाख २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech