बाल क्षयरोगको जोखिम, रोकथाम र उपचार

    • डा राजकुमार विक/बाल रोग विशेषज्ञ

  • ११ चैत्र २०८०, आईतवार

क्षयरोग विश्वमा प्रमुख जन–स्वास्थ्य समस्याको रुपमा रहिआएको छ। विश्व स्वास्थ्य संगठनको सन् २०१९ को रिपोर्ट अनुसार संसार भरीमा रहेका क्षयरोग/टिबी (tuberculosis-tb) का बिरामी मध्य १५ बर्ष मुनीका बच्चाहरु ११ % संक्रमित रहेका छन् भने करिब २०५००० बच्चाहरु मृत्‍यु हुनेगर्दछ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूची सार्वजनिक गरेकोमा नेपाल पनि समावेश रहेको छ ।
हामी कहाँ भर्ना भएर रोग पत्ता लागेर उपचार सुरु हुने बेला सम्म पनि प्राय अभिभावकले बच्चालाई पनि ठुलो मान्छे जसरी टिबी हुन्छ र डाक्टर भनी प्रश्न तेर्साउनु हुन्छ ।

आउनुहोस् आज हामी बाल टिबीको बारेमा केही ज्ञानको कुरो बुझौ अनी अरु लाई पनि बुझाउ । जसले गर्दा सन २०५० भित्र मा नेपाल लाई टिबी पूर्ण निबारण गर्ने लक्ष्य पुर्याउन आ-आफ्नो क्षेत्र बाट सक्दो सहयोग गरौँ ।
परिचय
क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस (Mycobacterium Tuberclosis) नामक व्याक्टेरियाको सङ्क्रमणका कारण हुने रोग हो । “बर्डन अफ टिबी ईन नेपाल” को तथ्याङ्क अनुसार नेपालमा मृत्यु हुने कारणमध्ये क्षयरोग पनि टप १० रोग मा पर्छ ।
बच्चाहरुलाई जुनसुकै उमेर समुहमा पनि टिबी हुनसक्ने भएता पनि हाम्रो जस्तो देशमा प्राय १ देखी ४ बर्षसम्मका लाई लाग्ने गर्दछ ।

साथै बच्चा हरु लाई टिबी देखिनु भनेको समुदायमा अहिले पनि प्रसारण भईरहेको बुझिन्छ ।संसारको १ चौथाइ जनसंख्यालाई टिबीको संक्रमण छ तर टिबी रोग लागेको भने होइन।

संक्रमित ब्याक्तीले हाछ्यु गर्दा खोक्दा वा गीत गाउँदा पनि टिबीको किटाणु हरु सर्ने गर्दछ । टिबी संक्रमण भएता पनि टिबी संक्रमण भएको ब्याक्तीहरुमा करिब ५-१०% मा मात्रै टिबी रोग देखा पर्ने गरेको छ त्यसमा पनि कुपोशित , यच.आइ.भि. सन्क्रमित , चिनी रोगी(मधुमेह), धुम्रपान ,मध्यपान गर्ने मानिसहरु लाई बढी हुन्छ ।
त्यस्तै उपचार नपाएको संक्रमित बिरामीले बर्ष मा १०-२० जना अन्य ब्यक्तीलाई संक्रमित गराउन सक्दछ ।

बच्चालाई टिबी हुन सक्ने अवस्थाहरु
– लगातार एकनासै खोकी २ हप्ता वा सो भन्दा बढी हुने (जुन हामीले सामान्यतया प्रयोग गर्ने एन्टिबायोटिक तथा ब्रोन्कोडाइलेटर प्रयोग पस्चात पनि कम नहुने )
– लगातार २ हप्ता भन्दा बढी ज्वरो आईराखेमा (निमोनिया,टाइफाइड ,मलेरिया जस्ता रोगहरु होइनन भन्ने प्रमाणित गरीसकेपछी )
– तौल घट्दै गएमा वा बिगत ३ महिनामा भिटामिन वा जुका बिरुध को औषधी खुवाए पनि आवश्यक तौल नबढेमा
खाना मा रुची कम हुने, थकित हुने ,अन्य समय भन्दा खेल्न कम गर्ने ,

-बच्चाहरुको फोक्सो मा हुने टिबीमा ठुलो मानिसमा जस्तो लक्षण नदेखिन पनि सक्छ ।

फोक्सोभन्दा बाहिरको टिबी भएमा
– घाटी को एका पट्टीको ग्रन्थी नदुख्ने खालको तर लामो समय सम्म सुनिराख्नु,
– मस्तिष्क झिल्लीको टिबीमा टाउको दुख्ने, झिझिने, बान्ता गर्ने ,होस् कम भएर अचेत हुँदै जाने, शरीर काम्ने गर्छ ।
त्यस्तै कुनैमा पेट फुल्लीने,पेटमा पानी जम्ने,आन्द्रा वरीपरीको गिर्खा सुनिन्ने,जोर्नीहरु सुनिने तथा दुख्ने ।

निदान

• खकार को जाच(जिन एक्स्पर्ट)
• ठुलो मानिसमा जस्तो खकार निकाल्न नसक्ने भएकाले बच्चाहरु( प्राय ६ बर्ष भन्दा मुनी ) लाई कम्तीमा ३-४ घण्टा खाली पेट राखेर नाकबाट पाइप राखेर पेटको पानी कम्तिमा २-५ ml निकाल्नु पर्छ।
• छातीको एक्सरे
• हातको पाखुरामा गरिने छालाको जाँच
• रोगको प्रक्रिती हेरेर ढाडको पानीको जांच, आन्द्रा वरिपरी जम्मा भएको पानीको जाँच, फोक्सोमा जम्मा भएको पानीको जांच,सुन्निएको ग्रन्थी को बायोप्सी तथा कल्चर गर्नुपर्ने हुन सक्छ ।

उपचार
हालसम्म नेपालले सन् २०१९ मा तयार पारेको गाइड्लाईन्स अनुसार बच्चाहरुलाई ६ महिनादेखी १२ महिनासम्मको उपचार अवधी छ ।

रोकथाम 
पहिलो प्राथमिकता भनेको रोग पत्ता लगाउनु र उपचार गर्नु नै हो। सबै बिरामीको लक्षण देखिएका र टिबी संक्रमितको नजिक सम्पर्कमा रहेकाहरुको परीक्षण गर्नुपर्छ । नवजात शिशु लाई जन्मिने बित्तिकै बिसिजीको खोप लगाउनु पर्छ । गर्भवती आमामा टिबी देखिएमा आमाको र शिशु दुबैको प्रोटोकल अनुसार उपचार सुरु गर्नु पर्दछ।
– बाहिर भिडभाडमा निस्कँदा माक्सको प्रयोग गर्ने
– खोक्दा वा हाछिँउ गर्दा रुमालको प्रयोग गर्ने
– संक्रमितले जथाभावी नथुक्ने
– ब्यक्तिगत सरसफाइमा ध्यान दिने

यो वर्ष बिस २०८० को नारा ‘हो हामी क्षयरोग अन्त्य गर्छौ।’ भन्ने रहेको छ ।
विश्वमा प्रमुख जन–स्वास्थ्य समस्या रुपमा रहिआएको क्षयरोग अन्त्यका लागि सरकारले अवस्य पनि लगानी बढाएर जीवन बचाउन लाग्नु अहिलेको आवश्यकता हो । तपाईं हामी पनि क्षयरोग सम्बन्धी आफन्त एवम छरछिमेकी मा जनचेतना फैलाई आउ राष्ट्र लाई मुक्त हुन अघि बढौ ।

  • ११ चैत्र २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech