कोहलपुरका पानी उद्योगको गुणस्तर जाँच गरिँदै

    • स्वास्थ्य पेज

  • ८ चैत्र २०८०, बिहीबार

कोहलपुर: कोहलपुर नगरपालिकाले कोहलपुर नगरपालिकाभित्र रहेका पानी उद्योगहरुको उत्पादित पानीको परीक्षण गर्न नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको छ ।

ती उद्योगहरुले उत्पादन गर्ने पानीको गुणस्तर नभएको भनी पटकपटक स्थानीयबासीेले गुनासो गरेपछि नगरपालिकाले नमुना परीक्षणका लागि प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको कोहलपुर नगरपालिकाका अधिकृत अग्निप्रसाद आचार्यले बताउनुभयो । लाइफ ओके पानी उद्योग, आरुस पानी उद्योग, झरना पानी उद्योग, श्री पानी उद्योग, वरपिपल पानी उद्योगको उत्पादित पानीको नमुना संकलन गरी प्रविधि तथा गुण नियन्त्रणमा पठाइएको छ ।

यसैगरी नगरपालिका भित्र पानी वितरण गर्दै आएको बैजनाथस्थित न्यू सिटीमा रहेको मध्यमश्चिम पानी उद्योगको नमुना समेत परीक्षणका लागि पठाइको छ । पानी उद्योगको गुणस्तरको विषयमा उद्योगीहरुले पनि विभिन्न किसीमको आरोप खेप्दै आएका छन् । नमुना परीक्षणको रिपोर्टपछि व्यवसायीले झेल्दै आएको समस्या पनि हल हुने अपेक्षा गरिको छ ।

  • ८ चैत्र २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech