नर्सको हत्या गरि फालिएको अवस्थामा शव फेला

    • स्वास्थ्य पेज

  • २ चैत्र २०८०, शुक्रबार

नेपालगन्ज: विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा किशोरीको शव भेटिएको छ । विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताउनुभयो ।

नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स  दास डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको हो । सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्नु हुन्थ्यो । उहाँ डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा आज दिउँसो शव फेला परेको हो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । उहाँमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले बताएको छ ।‘शव एट्याच कोठाको शौचालय भित्र भेटिएको छ, हत्या शौचालयमा भएको हो कि कोठामा भन्ने विस्तृत रुपमा खुलेको छैन,’ उहाँले भन्नुभयो,’ परिवारका सदस्यलाई खबर गरेका छौं, आफन्त आइपुगेपछि थप विषय खुल्छ ।’

हत्यामा संलग्नको खोजी भइरहेको उहाँले बताउनुभयो । उहाँको हत्यामा प्रमीको शंलग्नता भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ ।२१ फागुनमा मोरङको पथरीमा १४ वर्षीय ज्ञानमति राईको हत्या भएको थियो ।

उहाँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले प्रेमी बाराको सिमरामा बस्दै आएका मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरेको थियो।

  • २ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech