खाली पेटमा कफी पिउँदा के हुन्छ ?

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०८०, मंगलवार

बिहान कफी पिउनु धेरैलाई मनपर्छ । चिया वा कफीबाट दिनको सुरुवात गर्ने बानी पनि धेरैको हुन्छ । विशेषगरी कफी पिउँदा तन्तुहरू सक्रिय भएको र फुर्तिलो भएको महशुष समेत हुन्छ । कफीमा हुने क्याफिनले मस्तिष्कको ब्रेन सेलहरुलाई सक्रिय बनाउँछ ।

कफी स्वास्थ्यका लागि निकै फाइदाजनक हुनेमा कुनै शंका छैन तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई समेत निम्ता दिन सक्छ । । यसो गरेमा स्वास्थ्यलाई राम्रो भन्दा बढी हानी हुन सक्छ । यसले पेट सम्बन्धी समस्याहरु जस्तै ग्यास, कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्याहरु देखा पर्न सक्छ ।

यसमा क्याफिन हुन्छ, जसले एसिडिटी बढाउँछ । साथै, यसले कोर्टिसोल हार्मोनको स्तर पनि बढाउँछ, जसलाई तनाव हार्मोन भनिन्छ । यो हर्मोनले चिन्ता, तनाव जस्ता मानसिक अवस्था निम्त्याउँछ । यसबाहेक खाली पेटमा कफी पिउनाले सतर्कता र नर्भसनेस जस्ता समस्या देखिने गर्छ ।

कफीले दिनभर ऊर्जावान् बनाउँछ अनि तरोताजा रहन मद्दत गर्छ भन्ने प्रमाणित भइसकेको छ । तर खाली पेटमा कफी सेवन गर्दा अनेकौ समस्या देखिन सक्ने बताइन्छ ।

उसो भए कफी पिउने सही समय कहिले हो त ?

कफी पिउनाले हुने हानिबाट बच्न चाहनुहुन्छ भने विज्ञ पोषणविद्का अनुसार बिहानको खाजापछि कफी पिउनु स्वास्थ्यका लागि हानिकारक हुँदैन र आवश्यक सबै फाइदाहरू प्रदान गर्छ ।

साँझमा कफी पिउनु कत्तिको ठिक ?

साँझको कफीले निद्रामा समस्या निम्त्याउँन सक्छ । बेलुकीपछि कफी पिउनुभयो भने यसमा पाइने क्याफिनको मात्राले मस्तिष्कलाई उत्तेजित गर्छ । जसका कारण निद्रा भाग्छ । साँझपख कफी पिउने हो भने अनिद्राको समस्या हुन थाल्छ ।

  • २९ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech