कपाल झर्न नदिन के कुरामा ध्यान दिने ?

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०८०, मंगलवार

पछिल्लो समय मानिसहरुमा कपाल झर्ने समस्या बढिरहेको छ। धेरै जना यो समस्याबाट पीडित छन्। चिकित्सकहरुका अनुसार खासगरी खराब जीवनशैली र अस्वस्थ खानपानका कारण कपाल सम्बन्धी समस्या धेरैजसो देखिने गरेको छ ।

कपालमा केमिकल उत्पादनको प्रयोगले पनि धेरै समस्या निम्त्याइरहेको छ । त्यसो त सबैलाई आफ्नो कपाल लामो र सुन्दर होस् भन्ने इच्छा हुन्छ । त्यसैले जोकोही व्यक्‍ति आफ्नो कपालको सौन्दर्य चम्काउन विभिन्न सौन्दर्य प्रशाधनका सामग्रीको समेत प्रयोग गर्ने गर्छन् ।

तर चिकित्सकको सल्लाह बिना जुन पायो त्यही सौन्दर्य सामग्रीको प्रयोग गर्दा कपाल राम्रो हुनुको सट्टा झन् झर्ने, टुक्रने, लगायत कपालको चमक नै हराउने सम्म हुन सक्छ । त्यसैले कपालको हेरविचारमा विशेष ध्यान दिनुपर्छ ।

कपाललाई बलियो र स्वस्थ बनाउने तत्वको शरीरमा अभाव भयो भने कपाल झर्ने गर्छ । यस्ता तत्व पाइने खाना नियमित खाने गरेमा कपाल झर्न रोकिन सक्छ ।

  • जिंक
  • प्रोटिन
  • आइरन
  • भिटामिन ए र सी
  • म्याग्निसियम

के कुरा नखाने ?

  •  चिल्लोचाप्लो, तारेको खानेकुरा
  •  मदिरा, चुरोट, कफी, चिया
  • केमिकेल हाली गुलियो बनाइएको खाद्य
  • फास्टफुड तथा जंकफुड
  • मसलादार तथा शरीरलाई बढी तातो बनाउने खाना

 

  • २९ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech