हिउँदमा जोर्नीको दुखाइ कसरी कम गर्ने ?

    • डा तिर्थेन्द्र खड्का/वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ

  • ८ माघ २०८०, सोमबार

चिसो उत्कर्षमा छ । घुडा, ढाड र घाटी दुख्ने बुवा आमाहरु ( osteoarthritis ) शरिरका बिभिन्न जोर्नी दुख्ने बाथ एवम् बाथ जन्य रोग ( rheumatoid arthritis ) बाट पीडित दिदीबहिनीहरु  कुनै न कुनै दुखाइबाट पीडित सबै जनालाई यो चिसोमा दुखाइ बढेको महसुस भएको छ । हरेक पुष-माघ तिर अस्पतालमा जोर्नीको दुखाइ हुने बिरामीहरु को संख्या बढ्छ । चिसोको मौसममा शान्त रुपमा बसेको पुरानो बाथ पुन सकृय (activate) हुन सक्छ वा औषधी सेवन गरी रहनु भएका बाथका रोगीहरुको जोर्नीमा तीब्ररुपमा बाथले आक्रमण ( exacerbation ) गर्न सक्छ ।

चिसो र दुखाइ बिच के सम्बन्ध छ ? 
जाडोले मानब शरीरमा बिभिन्न प्रीक्रयागत परिवर्तन ल्याउँछ । चिसोमा शरीरका रक्तनलीहरु खुम्चिन्छन । यसर्थ जोर्नीमा पहिला भन्दा कम रक्तसंचार हुन्छ । माङ्शपेशी खुम्चिन्छ (muscle spasm ) जोर्नीमा दबाब बढ्छ (barometric pressure)  र, सुन्निन्छ । जोर्नी देखी मस्तिस्क सम्म दुखाइ पुर्याउने नशाहरुले धेरै मात्रामा सङ्केत पठाउँछ । यी सबै कारणहरुले गर्दा दुखाइ बढी महसुस हुन्छ र बाथले जोर्नी बिगार्ने प्रक्रिया पनि तीब्र हुन्छ । चिसोबाट मानव शरीर र जोर्नीहरु जोगाउन जरुरी छ ।
चिसोबाट जोर्नीहरु कसरी जोगाउने ?
१- सकृय रहन जरुरी छ । नियमित ब्यायम र योगा गरौ ।
२- न्यानो लुगा, शिरक र कोठाको ब्यवस्था गरौ ।
३- घाम लगेको बेला सुर्यको किरणमा बसौ ।
४- प्रशस्त पानी पिउ ।
५- स्वस्थकर खाना खाउ । मदिरा र घुम्रपान नगरौ ।

औषधीमा फेरबदल जरुरी छ ?
नियमित खाइ रहेको औषधी सेवन गरौ । दुखाइ धेरै भएमा चिकित्सकिय परमर्शमा थप औषधी जरुरी हुन सक्छ । अनुसन्धानहरुले इmभनब घ ाबततथ बअष्म फाइदाजनक हुन सक्ने सुझाब दिएका छन ।

Morning walk मा के गर्ने ?
अत्याधिक चिसोमा हिड्न निक्लदा हानी हुन सक्छ । चिसोले जोर्नीमा असर गर्नुका साथै रक्तचाप बढाउने र हृदयघातको सम्भावना पनि बढा उछ । तसर्थ धेरै चिसो अवस्थामा घर बाहिर धेरै बेर हिड्दा होस पुर्याउन जरुरी हुन्छ ।

(डा.खड्का भेरी अस्पताल नेपालगन्जका हाडजोर्नी विभागका प्रमुख हुनुहुन्छ)

  • ८ माघ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech