के हो युरिक एसिड, विरामीले के कुरामा ध्यान दिने ?

    • डा. श्वेता नकर्मी/बाथ रोग विशेषज्ञ

  • ६ माघ २०८०, शनिबार

बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मी

शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः तीनदेखि सात मिलिग्राम/डेसिलिटरसम्मको युरिक एसिड सामान्य मानिन्छ ।

जब युरिक एसिडको मात्रा सातभन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अथवा गोलीगाँठो अचानक दुख्ने तथा सुन्निने समस्या हुन्छ ।

जुनसुकै उमेर समूहका मानिसलाई पनि यस्तो समस्या हुन सक्छ । युरिक एसिडका बिरामीले खानामा विशेष ख्याल पुर्याउनुपर्छ ।

युरिक एसिडका विरामीले ध्यान दिनुपर्ने कुरा :

– युरिक एसिडका विरामीले विशेषगरी रातो मासुको सेवन गर्नुहुँदैन । रातो मासु खानै परे मात्रा मिलाएर खानुपर्छ,

– माछा र मासुको प्रयोग पनि निकै कम मात्रामा गर्नुपर्छ,

– चिनीजन्य खानेकुरा धेरै खानुहुँदैन,

– अत्यधिक गुलिया फलफूल तथा प्याकेजिङमा उपलब्ध फलफूलको जुसको सेवन पनि गर्नुहुँदैन,

– आँप, अंगुर र गुलियो मिठाईले युरिक एसिड बढाउन भूमिका खेल्छ । त्यसै यस्ता खानेकुरालाई नखानु नै उत्तम हुन्छ,

– युरिक एसिडको समस्या भोगिरहेका व्यक्तिले मदिरा कदापि सेवन गर्नुहुँदैन,

– वियर, ह्विस्कीलगायतका पेयपदार्थलाई सेवनलाई पूर्णरूपमा निषेध गर्नुपर्छ,

– काउली, ब्रोकाउली, कुरिलो र पालुंगोमा पनि युरिक एसिडको मात्रा बढी हुन्छ । तर, यस्ता तरकारी प्रयोग नै नगर्ने चाहिँ होइन । मात्रा मिलाएर हरियो तरकारी खाँदा युरिक एसिडलाई सन्तुलनमा राख्नुपर्छ ।

  • ६ माघ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech