नेपालगन्ज: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा. पुजन रोकायाले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष ८ बुदे प्रस्ताव राखेका छन् ।
प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री शाहले विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग सिंहदरबारमा आज आयोजित सामूहिक छलफलमा उपकूलपति डा. रोकायाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न ८ बुदे प्रस्ताव गरेका हुन् ।
विषयहरुः
१) जुम्लाको चेरे चौर स्थीत शैक्षिक तथा आवाशिय भवन निर्माणका निमित्त बहु बर्षिय आयोजनाको श्रोत सूनिश्चितताको सम्वन्धमा ।
२) जुम्लाको चेरे चौर स्थीत ढाँणथपला समुदायबाट थप जग्गा प्राप्तीका निमित्त आवश्यक पर्ने राजश्व शूल्कको छुट सम्वन्धि व्यवस्था गरिदिने सम्वन्धमा ।
३) कर्णाली लगायत पिछडिएका छात्रछात्राहरुको प्रतिष्ठानको मर्म अनुसार प्रतिष्ठानमा अध्ययन गर्न आरक्षणको सूनिश्चितता गर्न राष्टिय चिकित्सा शिक्षा ऐन, २०७५ को संशोधन गरिदिने सम्वन्धमा ।
४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा सुविधा लगायत स्तरोन्नती तथा वित्तृ विकासको आवश्यकता र कार्यान्वयनका लागि ध्यानाकर्षण ।
५) प्रतिष्ठानमा विशिष्टकृत स्वास्थ्य सेवाहरु संचालनका लागि आवश्यक विशिष्टकृत जनशक्ति र उपकरण सहित (एम.आर.आई लगायत) को व्यवस्थापन सम्वन्धमा ।
६) अगामी आ.व.२०८३/०८४ को लागि प्रतिष्ठानलाई पर्याप्त वजेटको व्यवस्थापन गरिदिने सम्वन्धमा ।
७) प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको समयानुसारको स्तरोन्नतीका निमित्त ओ. एण्ड एम. (दरबन्दी तेरीजको) अनुसारको वजेट सूचिश्चितता साथै अर्थ मन्त्रालय र लोक सेवा आयोग विच समन्वयका सम्वन्धमा ।
८) कर्णालीका बहुमुुल्य जडिवुटी र औषधिजन्य बनस्पतीको संरक्षण, प्रवद्र्धन गर्दै बहुमल्य जडिवुटीलाई अनुसन्धान, स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा संग जेड्दै आत्मनिर्भरताका सम्वन्धमा ।







