चिसोबाट बच्ने यस्ता छन् उपाय

    • स्वास्थ्य पेज

  • २६ पुष २०८०, बिहीबार

१-शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔँ ।

२- कोठा न्यानो पारौँ र पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गरौँ ।

३- बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई चिसोबाट बचाऔँ ।

४-आमाको दूध सेवन गर्ने शिशुहरूलाई नियमित रूपमा स्तनपान गराऔँ ।

५- तातो तथा पोषिलो झोलपदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ ।

६-धूमपान तथा मद्यपान नगरौँ ।

७- स्वास्थ्यसम्बन्धी कुनै समस्या जस्तै स् ज्वरो आएमा, झाडापखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यारघ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ ।

८- सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला ब्रिकेट आदि बाली झ्यालढोका बन्द गरेर कहिल्यै नसुतौँ । त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुनसक्छ ।

९- आगो बालेको ठाउँमा बालबालिकालाई एक्लै नछोडौँ ।

  • २६ पुष २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech