चिसोमा बाथरोगीलाई जोखिम र अपनाउनु पर्ने सावधानी

    • स्वास्थ्य पेज

  • २५ पुष २०८०, बुधबार

बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मी

पुसको अन्त्यतिर आइपुग्दा देशभर चिसो बढिरहको छ । चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगीलाई सताउँछ । यसबाहेक अन्य स्वास्थ्य समस्या भएकालाई पनि चिसो मौसमले बढी नै दुःख दिन्छ । चिसो मौसममा विभिन्न स्वास्थ्य समस्या भएकामध्ये बाथ रोगको समस्या भोगिरहेका व्यक्तिलाई पनि सताउँछ ।

चिसो मौसममा बाथका लक्षण बढी देखिन्छन् । चिसो पानी धेरै चलाउँदा, चिसो मौसमका जोर्नीका साथै मांसपेशी पनि दुख्छन् । हातमा रगत प्रवाहमा अवरोध हुँदा हातका औँलाको रङ परिवर्तन हुनेजस्ता लक्षण देखिन्छन् । बाथको प्रकृति हेरेर चिसोयाममा खानपानलगायत कुरामा ध्यान दिनुपर्छ ।

बाथको समयमै पहिचान गरेर उपचारतर्फ लाग्यौँ भने सामान्य जीवनयापन गर्न सकिन्छ । बाथका बिरामीले जाडोयाममा विशेषतः निम्न कुरामा ध्यान दिनुपर्छः

– बाथको बिरामीहरूले जाडोमा गर्नुपर्ने तातो, न्यानो, लुगा लगाउने, तातो भएर बस्ने ।

– चिसो पानी नचलाउने, चिसोबाट टाढा बस्ने, फ्रिजको कुराहरू कोक, फेन्टाहरू नखाने, तातो गरेर वार्म गर्ने ।

– आफ्नो जोर्नीहरूलाई न्यानो बनाएर राख्ने, बाथलाई जाडोमा अलिकति नियन्त्रण गर्न जरुरी छ ।

– बाथ रोगको प्रकृतिअनुसार खानपानमा विशेष जोड दिनुपर्छ ।

  • २५ पुष २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech