घुर्ने समस्याले कुन-कुन रोगको जोखिम बढछ ?

    • स्वास्थ्य पेज

  • २३ पुष २०८०, सोमबार

घुर्ने समस्या विश्वभर नै साझा समस्याको रुपमा रहेको पाइन्छ। घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन । सुतेपछि आफु घुरेको पत्तो हुँदैन तर उसंगै सुतेको मानिसको निद्रामा असर पर्छ । यो समस्या बानीको रुपमा विकास हुनु एक प्रकारको जटिल रोग हुनसक्छ।

सामान्यतया सुत्ने पोजिसन परिवर्तन गर्ने र बजारमा पाइने नाकमा राख्ने यन्त्र प्रयोग गर्नु पनि घुर्ने समस्याबाट छुटकारा पाउने सरल तरिका हो । त्यसैगरी, यदि एलर्जी वा स्लीप एपनिया जस्ता चिकित्सा समस्याहरूको कारणले घुर्ने क्रम हुँदा चिकित्सकको सल्लाह अनुसार उपचार गर्न सकिन्छ ।

मान्छेहरू किन घुर्छन् ?
सुतिरहेको बेलामा सास लिने हावा घाँटीबाट जाँदा घाँटीको तन्तुहरूमा कम्पन बनाएपछि मानिसहरू घुर्ने गर्दछन् । त्यसैगरी, धेरै मादक पदार्थ खाएर सुतेको बेलामा समेत मानिसहरू घुर्ने गर्छन्।

  • मोटोपन
  • सुगररप्रेसर रोग
  • असहज सुताईं
  • धुम्रपान तथा मद्यपान सेवन
  • टन्सिल ठूलो हुनु आदी।

रोकथामका घरेलु उपाय 
बेसारको खाने :बेसारमा एन्टीसेप्टिक र एन्टबायोटिक गुण हुन्छन् । यसैले यसको प्रयोगले नाकको बाटो खुला हुन्छ र श्वास फेर्न पनि सजिलो हुन्छ । राती सुत्नुअघि दिनहुँ बेसार मिसाएको दुध पिउनाले घुराईको समस्या समाधानमा सहयोग मिल्छ ।

जैतुनको तेलको प्रयोग: जैतुनको तेलको प्रयोग भरपूरमात्रामा एन्टीइन्फ्लामेटरी गुण हुन्छ, जसले श्वासनतन्त्रको प्रक्रिया सुचारु बनाउन सहयोग गर्छ । साथै यसले दुखाईलाई पनि कम गर्छ । सानो चम्चाको आधा चम्चा ओलिभआयलमा समान रुपमा मह मिसाएर सुत्नुअघि नियमित सेवन गर्नुपर्छ । घाँटीमा कम्पन कम गर्न र घुराई रोक्नका लागि नियमित यो उपाय अपनाउनुपर्छ ।

अलैचीको सेवन : अलैंचीले चिसोबाट लागेको खोकी निको पार्न सहयोग गर्छ । यसले श्वासनतन्त्र खोल्छ, जसबाट श्वास राम्रोसंग लिन सकिन्छ । राती सुत्नुअघि अलैंचीका केही दानामा मनतातो पानी मिलाएर पिउनाले समस्यामा राहत प्राप्त हुन्छ । सुत्नुअघि कम्तीमा पनि आधा घण्टा अघि यस्तो पानी पिउनुपर्छ ।

पुदिनाको तेल : पुदिनामा भएको तत्वले घाँटी र नाकको प्वालको सुन्नाई कम गर्न सघाउछ । यसबाट श्वास लिन सजिलो हुन्छ । सुत्नुअघि पिपरमिन्ट आयलको केही थोपा पानीमा राखेर कुल्ला गर्नुपर्छ । यसले पनि केही दिनमै समस्या समाधान हुन्छ ।

घुर्ने समस्या यसकारण घातक छ

  • उच्च रक्तचापः  घुर्दा निद्रा कचमचिने र श्वासशन क्रिया गडबड हुने हँदा घुर्न समस्याले उच्च रक्तचापको जोखिममा पर्न सक्छन् ।
  • हृदयघातः  धेरै जसो घुर्ने रोगबाट पीडित हुनेहरु हृदयघात भई निद्रामै मरेको धेरै रिपोर्ट भएका छन् । शरीरमा प्राणवायु, अक्सिजनको मात्रा पुग्न नपाउँदा हृदयलाई दवाव पर्न गई हृदयघात हुने खतरा ज्यादा रहन्छ ।
  • मस्तिष्क घातः हृदय घात जस्तै घुर्नेहरुमा मस्तिष्क घातको समस्या पनि देखा पर्ने ।
  • यो रोगबाट ग्रस्त भएकाहरुमा एकाग्र हुन नसक्ने हुन्छन् ।
  • घुर्ने बानी भएकाहरु लाई पर्याप्त अक्सिजन नपुग्ने र  ठीकसँग निदाउन नपाउने हुँदा हरमोनहरुको गडबडी हुन जान्छ ।
  • फोक्सो तथा श्वास नलीको घरी घरी संक्रमण भई रहनु ।
  • चाया पोतो तथा सौन्दर्य सम्बन्धी समस्या देखा पर्नु ।
  • घुर्ने समस्या बाट पिडितहरुलाई सडक परिवहन तथा यातायात दुर्घटनामा ज्यादा पर्दछन् ।
  • जीवन साथीको निद्रा कच्मच्याई दिएको हुनाले सम्बन्ध मा दरार आउँछ र छोडपत्र सम्म दिने अवस्था उत्पन्न हुन सक्छ ।

  • २३ पुष २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech