घुँडा खिइने बिरामीलाई प्लाज्मा थेरापी किन फाइदाजनक छ?

    • डा. तीर्थराज भण्डारी/दुखाइ विशेषज्ञ

  • १० आश्विन २०८०, बुधबार

घुँडा खिइने चार चरणहरू हुन्छन्। पहिलो चरणमा रहेका बिरामीलाई व्यायाम र सन्तुलित खानबाट नियन्त्रण गर्न सकिन्छ।  विशेष गरेर दोस्रो र तेस्रो चरणको समस्यामा रहेका बिरामीलाई प्लेटलेट-रिच प्लाज्माले घुँडा थप बिग्रिनबाट जोगाउँछ भने दुखाइ समेत कम हुन्छ।

टेनिस खेल्ने खेलाडीलाई पाखुरामा, अन्य खेलाडीहरूको घुँडामा समस्या हुँदा समेत  प्लेटलेट-रिच प्लाज्मा थेरापी गरिन्छ। शरीरको मांसपेशी दुखेमा समेत यसको प्रयोग हुन्छ। विशेष गरेर दुखाइ बढी भएका बिरामीलाई प्लेटलेट-रिच प्लाज्मा गर्न सकिन्छ।

प्लेटलेट-रिच प्लाज्मा थेरापी घुँडा खिइने समस्या भएका बिरामीलाई अझै सहयोगी बन्छ। जोर्नी प्रत्यारोपणबाट जोगाउन सक्ने भनेको प्लेटलेट-रिच प्लाज्मा थेरापीले नै हो। सबै बिरामीको घुँडाको जोर्नी प्रत्यारोपण गर्न सम्भव हुँदैन।

कसैको आर्थिक कारणले होला, कसैलाई विभिन्न खालका दीर्घ रोग लागेर हुन सक्छ। दीर्घ रोगका लागेका व्यक्तिहरूलाई घुँडाको प्रत्यारोपण गर्न कठिन हुन्छ। त्यसैले यस्ता बिरामीका लागि प्लाज्मा थेरापी अझै उपयुक्त हुन्छ।

प्लाज्मा थेरापी जटिल खालको उपचार होइन। सुरूको १\२ हप्ता दुखाइ बढ्न सक्छ। तर २ देखि ३ हप्ताभित्र यसले काम गर्छ।  प्लाज्मा थेरापी रगत पालो गराउने औषधी खाइरहेकाहरूले गर्नु हुँदैन। त्यस्ता बिरामीलाई ब्लिडिङको खतरा रहन्छ।

  • १० आश्विन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech