खेलकुदजन्य चोट ब्यवस्थापनको विकास

युवा पुस्ता प्रतिस्पर्धात्मक ( competitive ) र शारीरिक सङ्घर्ष हुने खेलकुद ( contact sport ) हरुमा पनि रमाउने हुँदा घुडा ( knee injury ) वा अन्य भागमा चोट लाग्न सक्छ । खेलको क्रममा उचित खेल मैदान र सही परामर्शको अभावमा पनि परिस्थिति जन्य त्रुटि र दुर्घटना हुन सक्छन् ।


    • डा.तिर्थेन्द्र खड्का, बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ

  • २४ श्रावण २०८०, बुधबार

खेलकुद अपरिहार्य छ । खेलप्रति किशोर र युवाहरुमा सदाबहार क्रेज भेटिन्छ । पेलेदेखि नेमार, मेसी हुन् वा एम्बाब्बे । यस्ता खेलाडीहरु युवाहरुका आदर्श रहँदै आएका छन् । खेलकुद स्वस्थ जीवनको पर्यायबाची नै हो । र, किशोर अवस्थाको शारीरिक विकास खेलकुद बिना पूर्ण हुन सक्दैन ।

युवा पुस्ता प्रतिस्पर्धात्मक ( competitive ) र शारीरिक सङ्घर्ष हुने खेलकुद ( contact sport ) हरुमा पनि रमाउने हुँदा घुडा ( knee injury ) वा अन्य भागमा चोट लाग्न सक्छ । खेलको क्रममा उचित खेल मैदान र सही परामर्शको अभावमा पनि परिस्थिति जन्य त्रुटि र दुर्घटना हुन सक्छन् ।

खेलकुदको क्रममा हुन सक्ने चोटहरु

१. सामान्य मांशपेशीको सुजन (Sprain / Soft tissue injuries)  &  शरीरका बिभिन्न हड्डीहरु भाँचिने ( Fractures )

२. घुडाको आन्तरिक चोट ( ACL , PCL , MCL , LCL , MPFL & meniscus injuries )

३. कुम  ( Shoulder ) को बिभिन्न तन्तुको चोट ( Rotator cuff  , AC joint , Biceps injuries, SLAP lesion, dislocations etc )

४. कुर्कुच्चाको चोट

५. अन्य

उपरोक्त सबै किसिमका चोटहरुको ब्यवस्थापनमा भेरी अस्पताल पश्चिम क्षेत्रकै रेफरल सेन्टर रहेको छ । खेलकुदको क्रममा सबभन्दा अप्ठेरो प्रकृतिका घुडा र कुमको लिगामेन्ट र अन्य नरम तन्तुहरुको उपचारमा दुरबिन प्रविधिबाट गरिने अत्याधुनिक आर्थ्रोस्कोपी ( Arthroscopy ) शल्यक्रियामा भेरी अस्पतालले नेपालमै उल्लेख्य योगदान दिएको छ ।

घुडा हाम्रो शरीरको सबभन्दा ठूलो जोर्नी हो । एउटा स्वस्थ घुडा मानव शरीरको सम्पूर्ण भार ग्रहण गर्न सक्ने तथा हिंड्डुल र दौडाह उत्पन्न हुने शक्तिलाई थाम्न सक्ने गरी बनेको हुन्छ । बिभिन्न चोटहरुले घुडामा क्षति पुर्याउँदा हड्डीका साथै लिगामेन्ट, मेनिस्कस र अरु तन्तुहरु च्यातिन सक्छन् ।

यस्तो किसिमको चोटलाई एक्सरेमा देख्न सकिन्न र हिंड्डुल गर्न सकिने हुँदा सुरुवातमा चोट पत्ता लगाउन गार्हो हुन सक्छ । एक कुशल विशेषज्ञले मात्र यस्तो चोटको पहिचान र उपचार गर्न सक्छन् । कुमको जोर्नी पनि हड्डीको साथै अन्य थुप्रै नरम तन्तुहरुले बनेको हुन्छ । कुमको समस्या पहिचान र निदान गर्न लामो अनुभव र तालिमको आवश्यकता हुन्छ ।

आर्थ्रोस्कोपी एक अत्याधुनिक प्रविधि हो । कुनै ठूलो चिराको आवश्यकता पर्दैन । घाउ सङ्क्रमण हुने सम्भावना एकदम न्यून हुन्छ । रिकभरी छिटो हुन्छ, अस्पतालको बसाइँ छोटो हुन्छ र दुःखाई धेरै कम मात्र हुने हुँदा अर्थ्रोस्कोपी प्रविधिको धेरै सकरात्मक पक्षहरु छन् ।

हाड जोर्नी बिशेषज्ञताभित्र पर्ने बिशिस्टिकृत सेवा आर्थ्रोस्कोपी सर्जरी ( दुरबिन प्रविधिद्वारा जोर्नीको रोग निदान गर्ने बिधि ) उपलब्ध नहुँदा पश्चिम नेपालका बासिन्दा काठमाडौं वा भारतीय शहर लखनउ जान बाध्य थिए । भेरी अस्पतालमा बिगत दशकदेखि नियमितरुपमा यो सेवा सुचारु छ र हालसम्म थुप्रै घुडा र कुमका चोटहरुको उपचार भइसकेको छ ।

काठमाडौं बहिर सर्बाधिक अर्थ्रोस्कोपी हुने ठाउँ भेरी अस्पताल नेपालगन्ज पनि एक हो । हालसम्म करिब ५०० जनाले यो सेवा लिइसक्नुभएको छ । त्यस मध्ये ३०० जना भन्दा बढीको लिगामेन्ट पुनःसंरचना arthroscopic knee ligament reconstruction गरेर किर्तिमान स्थापित गरेका छौं ।

धेरै प्रदेश र राष्ट्रिय स्तरका खेलाडीहरुको घुडाको लिगामेन्ट (ACL, PCL, MCL, LCL & meniscus) को चोटको उपचार भेरी अस्पताल नेपालगन्जमा भएको छ र उहाँहरु पुनः खेल जीवनमा सक्रिय हुनुहुन्छ ।

यसरी भेरी अस्पतालले खेलकुदजन्य चोटहरुको ब्यवस्थापनमा राष्ट्रिय स्तरमा नै पहिचान बनाएको छ र आउँदा दिनहरुमा यो सेवा अझै निखारिएर जानेछ भन्नेमा बिश्वस्त हुन सकिन्छ ।

अक्सिजन अंक ३ बाट

  • २४ श्रावण २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech