कसरी बच्ने आँखा पाक्ने रोगबाट ? यस्ता छन् सावधानी र उपचार

    • डा.देवराज भारती/नेत्ररोग विशेषज्ञ

  • १७ श्रावण २०८०, बुधबार

गर्मीयाममा धुलोधुवाँ बढी हुने हुँदा आँखा पाक्ने समस्या धेरैमा देखिन्छ । आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु, ढकनी सुन्निनु, कचेरा आउनु आँखा पाक्ने संकेत हुन् । आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जनटिभाईटिस’ भनिन्छ ।

कसरी हुन्छ ?
एडिनो भाइरस, ब्याक्टेरिया र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा आँखा पाक्ने गर्छ । एडिनो भाइरसका कारण एकबाट अर्को व्यक्तिमा आँखा पाक्ने राग छिटो सर्छ । यदि घरमा एक जनाको आँखा पाकेको छ भने परिवारका अरु सदस्यलाई पनि सर्छ । ब्याक्टेरियाका कारण आँखा पाक्दा अवस्था अलि जटिल बन्न सक्छ । त्यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई पनि आँखा पाक्ने समस्या हुन सक्छ । आँखामा धुलो, धुवाँ, केमिकल पसेमा पनि आँखा पाक्ने जोखिम हुन्छ ।

लक्षणहरु
-आँखा रातो हुनु
-आँसु आइरहनु
-आँखा पोल्नु
-कचिरा आउने तथा आँखा बिझाएजस्तो हुनु
-घाममा हिड्न गाह्रो हुनु
-उज्यालोमा हेर्न नसकिनु
-आँखा सुख्खा भएर चिलाउनु
-आँखा तथा आँखा वरपर को भाग सुन्निनु ।

उपचार /रोकथाम
-भिडभाडमा नजाने

-आँखा पाकेका बच्चालाई केही दिन विद्यालयमा नपठाउने
-आँखा सफा राख्ने
-आँखामा पानीले छ्याप्ने गर्नु हुँदैन्
-अरुको चश्मा तथा लेन्सको प्रयोग नगर्ने
-आँखाको सरसफाइमा विशेष ध्यान दिने
-फोहोर हात वा हात नपखाली आँखा नमाड्ने
–जथाभावी औषधिको प्रयोग नगर्ने, आँखा उपचार केन्द्र वा आँखा अस्पतालमा जाँच गराएर मात्र औषधिको प्रयोग गर्ने
-बारम्वार आँखा हातले नछुने र नमिच्ने
-यदि आँखा छोएमा साबुन पानीले राम्रोसँग हात धुने
-Contact lens प्रयोग गरिरहेको भए प्रयोग नगर्ने

(नेत्ररोग विशेषज्ञ डा. भारती फत्तेवाल आँखा अस्पताल नेपालगन्जका चिफ मेडिकल डाइरेक्टर हुनुहुन्छ)

 

 

  • १७ श्रावण २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech