पुरुषमा हुने प्रोस्टेटको समस्या र समाधान

    • डा.दिपेश गुप्ता /कन्सल्टेन्ट युरोसर्जन

  • १६ श्रावण २०८०, मंगलवार

प्रोस्टेट भनेको एउटा ग्रन्थी हो। जसरी हाम्रो शरीरमा थाइराइड ग्रन्थी हुन्छ त्यस्तै प्रोस्टेट पनि एक ग्रन्थी हो तर यो प्रोस्टेट भने पुरूषमा मात्र हुने ग्रन्थी हो। यो मानिस जन्मिदै लिएर आउने भएपनि उमेर बढ्दै जादा यो पनि बढ्दै जाने हुन्छ। सामान्यतया ५० वर्ष उमेर कटेपछि यसको समस्या बढी देखिन थाल्छ।

लक्षणहरु
सबै मानिसमा एकै प्रकारको लक्षणहरु नदेखिने हुन सक्छ । उमेर, प्रोस्टेटको साईज अनुसार फरक फरक हुन्छ ।

-छिनछिनमा पिसाब लाग्ने
-राती पिसाब गर्न उठिरहनुपर्ने
– पिसाब फर्ने गाह्रो हुने
-पिसाबको धारा सानो हुने
– पिसाब गरिसकेपछि अझै बाँकी भएको जस्तो अनुभव हुन्छ ।

अन्य संभावित पिसाब संक्रमण कारणहरु

-पिसाबनलीको संक्रमण
-प्रोस्टेटको संक्रमण
– पिसाबनली साँघुरिदै जानु
-पहिलाको अपरेसन पछि पिसाबथैलीमा दाग बस्नु
– पिसाब थैली र मृगौलाको पत्थरी
-पिसाब थैलीको नशाको समस्य
– प्रोस्टेट र पिसाब थैलीका क्यान्सर

कुन बेलामा डाक्टरलाई भेट्ने
माथि उल्लेखित कुनै समस्याहरु देखेमा डाक्टरलाई भट्ने र सल्लाह बमोजिम उपचार गर्ने । यदि पिसाब रोकेमा चाडो भन्दा चाडो डाक्टरलाई भेट्ने

कारणहरु
प्रोस्टेट पिसाब थैलीको ठिक तल रहेको हुन्छ जसको बिचबाट पिसाब नली गएको हुन्छ । जुन बेला प्रोस्टेट बढेर ठुलो हुन्छ त्यसपछि पिसाब रोकिन सुरु हुन्छ ।

जोखिमका कारक तत्वहरु
उमेर : प्राय जसो ५१ वर्ष नाघेका पुरुषहरुमा यो समस्या देखिएको पाईन्छ ।
वंशानुगत : वंशानुगत रुपमा पनि यो रोग लाग्ने हुन्छ,बुबा वा दाई लाई छ भने छोरा भाईलाई लाग्ने संभावना हुन्छ ।
जिवनशैली: व्यस्त जीवनशैलीमा व्यायमको कमिले पनि यो रोग लाग्ने संभावना हुन्छ ।

जटिलताहरु
पिसाब बन्द हुनु 
बढेका मासुको कारण पिसावकोनली सानो हुने भएकोले पिसाब फेर्न सकिदैन त्यसैले पिसाबको नलीमा पाईप राखी पिसाब गराइन्छ ।

मुत्रनलीमा संक्रमण 

पिसाब थैलीमा भएको पिसाब सबै सकिदैन त्यसले गर्दा मुत्रनलीमा संक्रमण हुन्छ । लगातारमुत्रनलीमा संक्रमण भएको खण्डमा अपरेसन गर्नुपर्छ ।

पिसाबथैलीमा पत्थरी 
पिसाब थैलीमा भएको पिसाब सबै नखुलेमा पत्थरी हुने बढी संभाबना हुन्छ । पिसाब नलीमा संक्रमण हुदा, पिसाबमा रगत देखिनु जस्ता समस्याले गर्दा पिसाब थैलीमा पत्थरी हुन्छ ।

मृगौला खराब
पिसाब राम्रो संग फेर्न नसकेर जम्मा भएको पिसाबको कारणले गर्दा पिसाबथैलीमा बढी चाप भई मृगौला खराब हुन्छ । थोरै समयको लागि पिसाबथैलीमा पिसाब जम्मा भइरहेमा र मृगौला खराब भई जीवन खतरनाक परिस्थिति हुन पुग्छ ।

  • १६ श्रावण २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech