प्र.स.नि १६४ औं समुहले निलसागर सेवा आश्रमलाई गर्‍यो एक लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री सहितको सहयोग

    • स्वास्थ्य पेज

  • १ श्रावण २०८०, सोमबार

नेपालगन्ज: प्रहरी सहायक निरीक्षक १६४ औं समुहले नेपालगन्जस्थित  निलसागर सेवा आश्रमलाई आज सहयोग गरेको छ ।१६४ औं समुह आठौं वर्ष पूरा भएको अवसरमा स्वास्थ्य सामाग्री, खाधान्न, लत्ताकपडा र फलफूल गरि करीब एक लाख मूल्य बराबरको सहयोग सामाग्री सहयोग गरिएको हो ।

२०७२ साल साउन १ गते प्रहरी सहायक निरीक्षकमा सेवा प्रवेश गरेका ३२ जनाले उक्त सहयोग सामाग्री सहयोग गरेको प्रहरी सहायक निरीक्षक माधव रावतले जानकारी दिनुभयो । बाँके, बर्दिया, दाङ, प्युठान, अर्घाखाँची, रोल्पा, रुपन्देही, नवलपरासी, जाजरकोट, सल्यान, जुम्ला र अछाममा कार्यरत प्रहरी २७ जना सहायक निरीक्षक र ५ जना प्रहरी निरीक्षकहरुले संयुक्तरुपमा सहयोग सामाग्री सहयोग गरिएको प्रहरी सहायक निरीक्षक रावतले बताउनुभयो ।

बाँकेमा कार्यरत सन्दिप बेल्बासे, महेश आचार्य, बलिराज छत्याल,शेर बहादुर बारघरे, महेन्द्र बहादुर शाही, दाम प्रसाद श्रेष्ठ, मोहन लाल ओली, हरी पुन, रविन्द्र चन्द, सुदिप हमाल, दाङमा कार्यरत  दिग्विजय के.सी, विक्रम वि क, हृदेश चौहान, शिउ कुमार चौधरी, ललित बुढाथोकी, बर्दियामा कार्यरत  माधव रावत, भरत रावल, प्युठानमा कार्यरत  लाल बहादुर वि क, दिलिप चौधरी, सल्यानमा कार्यरत  दिन बन्धु थापा, कुम्भराज विष्ट, दीपक राज वन, रुपन्देही कृष्ण भाट, सन्तोष रावल, नवलपरासीमा कार्यरत  तारा पति अर्याल, महेश कुँवर, जाजरकोटमा कार्यरत राजेन्द्र चौधरी,अछाममा कार्यरत  सन्तोष थापा जुम्लामा कार्यरत लक्ष्मण वि क, रोल्पामा कार्यरत लक्ष्मी प्रसाद कँडेल, सुर्खेतमा कार्यरत ओम प्रकाश खत्री र अर्घाखाँचीमा कार्यरत आशिष दर्लामी मगरले संयुक्तरुपमा आफैले सहयोग जुटाउनु भएको हो ।

समुहले आज एक कार्यक्रमका बीच आश्रमलाई उक्त सहयोग सामाग्री आश्रमका संस्थापक अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष खनालले प्रहरी सहायक निरीक्षक १६४ औं समुहले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । उहाँले नेपाल प्रहरीसंग स्थापनाकाल देखिनै समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो ।

उहाँले आर्थिक समस्यासंग जुधिरहेका बेला नेपाल प्रहरीले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो । आश्रममा ६३ जना बालबालिकासहित करीब दुई सय जनाले आश्रय लिरहेका छन् । मनोसामाजिक समस्या भएका ब्यक्ति, जेष्ठ नागरिक तथा असाहय व्यक्तिहरुलाई आश्रममा राखिएको छ ।

  • १ श्रावण २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech