मेडिकल काउन्सिलको प्रश्नपत्र दुरुपयोग गरेको आरोपमा तीन जना पक्राउ

    • स्वास्थ्य पेज

  • २७ असार २०८०, बुधबार

नेपालगन्जः मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गराउने ग्यारेन्टी दिँदै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मादी ४ कास्कीका बिपिन सापकोटा, पोखरा २ कास्कीका आशिष अधिकारी र अन्नपूर्ण ४ कास्कीका नविन पौडेल रहेका छन्।

उनीहरुले पीपीएम नामक इन्स्टीच्युट खोलेर वेभसाइटमार्फत मेडिकल काउन्सिलको अनुमति बिना लोगो, नाम तथा परीक्षाको प्रश्नपत्रको ढाँचा प्रयोग गरेर कक्षा संचालन गरेको पाइएको छ। साथै मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास गराइदिने ग्यारेन्टी भन्दै मोटो रकम असुलेको आरोप उनीहरुमाथि छ।

उक्त कार्यमा संलग्न तीन जना भने फरार रहेका छन्। फरार हुनेमा कास्कीकै अनिलमणी भण्डारी, सुस्मिता घिमिरे र सिरहाका मनोज पंडित रहेका छन्। उनीहरुलाई ७ वर्षसम्म कैद र ७० हजारसम्म जरीवाना माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

  • २७ असार २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech