कोहलपुर नगपालिकाले मनोसामाजिक परामर्श दिँदै

    • स्वास्थ्य पेज

  • १६ असार २०८०, शनिबार

नेपालगन्जः कोहलपुर नगरपालिकाले बढ्दो हात्महत्या न्यूनीकरणका लागि मनोसामाजिक परामर्शलाई तीब्रता दिएको छ । पालिकाले आफ्ना १५ वटै वडामा मनोसामाजिक परामर्श दिएको छ । असार १ गतेबाट वडा नम्वर १५ बाट सुरु भएको यो अभियान वडा नम्वर ११ मा पुगेर शुक्रबार सकिएको छ । समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले समाजमा कुनै पनि नागरीकको अकालमा मृत्यु नहोस् भन्नेतर्फ स्थानिय सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो ।

‘हाम्रो अहिलेको प्रमुख दायित्व भनेको स्तानिय नागरिकको जीवन रक्षा गर्ने हो । नागरिकको जीवन रक्षाको लागि हामी निरन्तर प्रतिवद्ध रहँदै आएका छौं ।’ कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले पछिल्लो समय तनाव व्यवस्थापन गर्न नसक्दा अन्तिम उपायकारुपमा देहत्याग नै गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न मनोसामाजिक परामर्श दिने काम नगरपालिकाबाट भइरहेको बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले आत्महत्या नियन्त्रण गर्नकालागि विशेष सचेतना अभियान नै चलाउनु पर्ने बताउनुभयो । उहाँले मन सम्हाल्न नसक्दा आत्महत्याका घटना कहालीलाग्दो अवस्थामा पुगेको बताउनुभयो । सामाजिक अपमान, साथीभाईसँगको झगडा, प्रेममा असफता,क्रृण, लागूऔषध दुव्र्यसन, मानसिक समस्या पारिवारीक कलह, घरेलु हिंसा जस्ता विभिन्न विषय नै आत्महत्याका कारण हुन सक्ने बताउँदै त्यसका लागि पालिकाहरुले प्रहरीसंग पनि समन्वय र सहकार्य गरेर कार्यक्रम गनुपर्नेमा डिएसपी तिवारीले सुझाव दिनुभयो ।

आत्महत्या रोकथाममा गर्न निकै नै चुनौति रहेको बताउँदै नेपाल प्रहरीको एकल प्रयासमा उक्त चुनौतिका सामना गर्न नसकिने डिएसपी तिवारीले बताउनुभयो । पालिकाका नगर प्रहरी वीर बहादुर थापाले मनोसमाजिक परामर्श तथा आत्माहत्या न्यूनीकरणका लागि पहिलो चरणमा वडा स्तरीय कार्यक्रमहरु सम्पन्न गरिएको जानकारी दिनुभयो । कार्यक्रममा कोहलपुरमा १५ वटा वडाका सरोकारवाला निकाय, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर स्तरीय युवा क्लब संजाल, विद्यालयका प्रअ, विद्यार्थीहरु लगाएतको सहभागीता रहेको थियो ।

  • १६ असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech