लाइफ लाइन हस्पिटलमा मिर्गौलाका बिरामीलाई फि र परामर्श निशुल्क

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०८०, शुक्रबार

नेपालगन्जः नेपालगन्जस्थित लाइफ लाइन हस्पिटलले मिर्गौलाका बिरामीलाई अवदेखि निशुल्क परामर्श सेवा दिने भएको छ । दीर्घकालीन मिर्गौला रोगी तथा डायलाइसिस गरिरहेका बिरामीहरुले लाइफ लाइन हस्पिटलमा अव निशुल्क परामर्श सेवा पाउने छन् ।

‘डाक्टरसँग सामान्य सोधपुछका लागि भेट्न पनि फि तिर्नुपर्ने बाध्यता बिरामीको छ हस्पिटल भन्छ–‘अव देखि मिर्गौलाका बिरामीले विशेषज्ञ चिकित्सकलाई भेट्न फि तिर्नु पर्दैन् लाइफ लाइन हस्पिटलमा फि सहित परामर्श सेवा निशुल्क छ ।’ पछिल्लो समय बालबालिकाहरुमा पनि मिर्गौला समस्या देखिन थालेको छ ।

नियमित स्वास्थ्य चेकजाँचको अभावमा पनि कैयौं बिरामीहरु दीर्घकालीनरुपमा मिर्गौला समस्याबाट पीडित हुनु परेको छ । लाइफ लाइन हस्पिटलमा दुई वटा मेसिनद्धारा चार जनाको डायलाइसिस भइरहेको बिरामीको उपचारमा खटिनु भएका भेरी अस्पतालका मिर्गौला रोग विभाग प्रमुख डा.पारश श्रेष्ठले जानकारी दिनुभयो । भेरी अस्पतालमा ओपिडीमा मात्रै दैनिक दुई सय ५० बिरामी मिर्गौला समस्या लिएर आउने गरेका छन् ।

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech