विराटनगर नर्सिङ क्याम्पसमा प्रशंसा पौडेल विजयी

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७९, सोमबार

नेपालगन्जः विराटनगर नर्सिङ क्याम्पस स्ववियुमा सचिवबाहेकको पदमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा अनेरास्ववियुकी प्रशंसा पौडेल विजयी हुनु भएको छ ।

पौडेलले ९७ मत ल्याउनुभयो । उहाँले नेविसंघकी उम्मेदवार स्मारिका बरालको भन्दा १९ मत बढी ल्याउनुभएको हो । बरालले ७८ मत प्राप्त गर्नुभयो ।

सचिवमा नेविसंघकी एलिसा राउत १ सय ६ मतसहित निर्वाचित हुनुभयो। सचिवमा अनेरास्ववियुकी उम्मेदवार मनीषा श्रेष्ठले ६८ मत ल्याउनुभयो ।

कोषाध्यक्षमा अनेरास्ववियुकी रुचिका ओझाले ९६ मत ल्याएर जित हासिल गर्नुभएको छ। नेविसंघकी स्वस्तिका न्यौपानलाई ७६ मत प्राप्त भयो ।

सदस्य प्रत्यक्षतर्फ अनेरास्ववियुका उम्मेदवार स्मृति ज्ञवाली, मेलिना राई र योगिना कटवाल विजयी हुनुभएको छ ।

१ सय ८६ मतदाता रहेको क्याम्पसमा १ सय ८० जनाले मतदानमा सहभागिता जनाएका थिए।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech