फार्मास्युटिकल एसोसिएसनमा ललितमोहन पन्त र रोभसकुमार सुवेदीबीच प्रतिस्पर्धा

    • स्वास्थ्य पेज

  • १९ फाल्गुन २०७९, शुक्रबार

नेपालगन्ज: नेपाल फार्मास्युटिकल एसोसिएसनको २३ औं कार्यसमितिका लागि आगामी शनिवार हुने निर्वाचनमा हालका महासचिव ललितमोहन पन्त र यसअघि अध्यक्षमा पराजित रोभसकुसुम सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा प्राज्ञिक पृष्ठभूमिका पन्त हालका महासचिवसमेत हुनुहुन्छ । व्यापारिक पृष्ठभूमिका सुवेदी मिरा बायोटेकका सञ्चालक हुनुहुन्छ । दुवैले आ–आफ्नो प्यानल बनाएर लड्ने तयारी गर्नुभएको हो।

अध्यक्षका प्रत्यासी पन्तको प्यानलबाट उपाध्यक्ष अमृत गौरो, प्रदीप लम्साल र महिला उपाध्यक्षमा डा. रोनक श्रेष्ठ, महासचिवमा सञ्जीव शर्मा कट्टेल, सचिवमा केदारप्रसाद शाह, सानुकाजी श्रेष्ठ र विवेक श्रेष्ठ छन् भने कोषाध्यक्षमा गोपीना राई, सहकोषाध्यक्षमा निर्मलराज मरासिनी, प्रचार सचिवमा अनिश श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै पन्तकै प्यानलबाट सदस्यमा सुदर्शन बिडारी, सञ्जीव प्रजापति, सुशील अधिकारी, मनोज भट्टराई र महिला सदस्यमा सौभाग्य डंगोलले निर्वाचन लड्दै हुनुहुन्छ।अध्यक्षका अर्का प्रत्यासी सुवेदीको प्यानलबाट उपाध्यक्षमा बद्री केसी र देवानन्द शाह, महिला उपाध्यक्षमा संजिता विष्ट, महासचिवमा धिरज रौनियार, सचिवमा विष्णु रेग्मी र सञ्जय चौधरी, कोषाध्यक्षमा राजन मानन्धर, सहकोषाध्यक्षमा सुशील नेपाल, प्रचार सचिवमा यज्ञराज बडूले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

त्यस्तै सुवेदीकै प्यानलबाट सदस्यमा अशोक भुसाल र कपिल बोगटी, महिला सदस्यमा प्रेरणा मानन्धरले निर्वाचन लड्ने तयारी गर्नु भएको छ।निर्वाचनमा तेस्रो प्यानलले पनि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ । स्वतन्त्रबाट अध्यक्षमा फुलगेन शाह, उपाध्यक्षमा लक्ष्मी नारायण न्यौपाने, सचिवमा विष्णु प्रसाद कँडेल र सदस्यमा आनन्द ठाकुर, भाइकाजी बस्नेत र सृष्टि प्रजापतिले निर्वाचनमा भाग लिने तयारी गरिरहनु भएको छ । हालका अध्यक्ष शशीकान्त चौधरी आफू उद्योगी भएकाले समय दिन नसकेको र गर्न खोजेका कतिपय कामहरू गर्न नसकिएको भन्दै नयाँ कार्य समिति बनाउने बाटो खोल्नुभएको हो ।

  • १९ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech