दादुरा–रुबेला खोपको परिचय, आवश्यकता र प्रभावकारीता

    • नरेशबाबु श्रेष्ठ/जनस्वास्थ्यकर्मी

  • २१ माघ २०७९, शनिबार

रोग लाग्नु भन्दा अगाडि रोग नै नलागोस् भनेर स्वस्थ व्यक्तिलाई प्रदान गरिने जैविक उत्पादनलाई खोप भनिन्छ । मेडिकल उत्पादन मध्य खोपलाई सवै भन्दा सुरक्षित मानिन्छ । खोपले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्घि गरी रोग लाग्नबाट बचाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता
शरीरको रोगहरुसँग लड्ने वाप्रतिरोध गर्ने क्षमतालाई प्रतिरोधात्मकक्षमता भनिन्छ । यो विभिन्न प्रकारबाट प्राप्त हुन्छ ।

Vaccination: कुनै पनिव्यक्तिलाई रोग प्रतिरोधातमक क्षमता विकास गर्न खोप दिने कार्य हो ।

Immunization: कुनै पनि व्यक्तिलाई खोप प्रदानगरि रोग विरुद्ध प्रतिरोधात्मक शक्ति विकास गर्ने प्रक्रिया हो ।

(Vaccination coverage): निश्चित अबधिमा तोकिएको लक्षित जनसंख्या मध्ये खोप सेवा प्राप्त गरेका जनसंख्याको प्रतिशत हो ।

(Drop out Rate): पहिलो पटक सेवा लिन आएको व्यक्ति त्यही सेवा वा सम्बन्धित सेवा पछिल्लो पटक लिन नआएमा त्यसलाई ड्रपआउट भनिन्छ ।

खोपबाट बचाउन सकिने रोगहरु र राष्ट्रिय खोप कार्यक्रममा समावेस भएका खोपहरु
रोगहरु र त्यसको बिरुद्धको खोपः क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो, स्ट्रेपटोकोकस निमोनिया, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टँकार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुइन्जा बि, दादुरा र रुबेला, जापानिज इन्सेफलाईटिस, धनुष्टंकार, टाईफाईड (म्यादे ज्वरो), पाठेघरको मुखको क्यान्सर,  रोग बिरुद्ध दिइने खोपहरुः बि.सि.जी., रोटा, ओरलपोलियो,एफ.आई.पि.भी, पि.सि.भी, डिपिटी.हेपबी.हिब (पेन्टा), दादुरा–रुबेला, जे.ई, टि.डी, र टाईफाईड खोप (टि.सि.भि.), एच.पि.भी ।

दादुरा–रुबेला खोप
बालबालिकाहरुमा लाग्ने दादुरा रोग र गर्भबति अवस्थामा आमालाई संक्रमण गरि आमाबाट जन्मने बालबालिकामा जन्मजात बिकृतिहरु (Congenital Rubella Syndrom) बाट बचाउनका लागी २ प्रकारको एन्टिजिन भएको यो खोपको प्रयोग गरिन्छ । नेपालमा सन १९८८ (बि.सं. २०४५-२०४६ बाट दादुरा खोप दिन सुरु गरिएको हो । सन २०१३ बाट दादुरा संग संगै रुबेला समेत मिसाई २ रोग बिरुद्ध एउटै खोप दिन थालियो । सन २०१५ अघि बच्चाको उमेर ९ महिना पुग्दा १ मात्रा मात्र दिईने दादुरा रुबेला खोप १ मात्राको प्रभाबकारिता वा सुरक्षा दर ८५ प्रतिशत मात्र भएका कारण सन २०१५ देखि बच्चाको उमेर ९ महिना र १५ महिनामा १-१ मात्रा गरि २ मात्रा दादुराको खोप दिन थालियो । हामीले प्रयोग गर्ने दादुरा रुबेला खोप बिश्व स्वास्थ्य संगठनबाट प्रिक्वालिफाईड प्रमाणित भएको हुनाले यो खोप सुरक्षित र रोग रोकथामका लागी प्रभाबकारी छ ।

खोपको किसिमःजिवित तर कमजोर पारिएको भाइरस बाट तयार भएको (Live attenuated virus) पाउडरको रुपमा उपलब्ध हुन्छ ।

दिनुपर्ने मात्राः नियमितखोप सेवामार्फत २ पटक, ०.५ मि.लि.

खोप लगाउन नहुने अवस्थाः अघिल्लो पटक खोप लगाउदागम्भिर असर देखा परेको भएमा,एड्सको लक्षण भएमा ।

प्रतिकूल असरः–ज्वरो, ५ देखि १२ दिन पछि बिमिरा देखिनु, मस्तिष्कज्वरो वा स्नायु प्रणालीसँग सम्बन्धित गम्भिर असरहरु, एलर्जिबाट हुने कडा प्रतिक्रिया (जुन ज्यादै न्यून हुन्छ) आदि

यो खोप लगाएका करिव १० लाख बालबालिका मध्ये १ जनामा Anaphylaxis हुन सक्छ ।

सुई लगाउने स्थान र तरिकाः बायाँ पाखुराको माथिल्लो छाला र मासुको बिच (Sub–cutaneous) भागमा ४५ डिग्री कोणमा लगाउने ।
भण्डारणः २ देखि ८ डिग्री सेल्सियसको बीचमा , यो तातोले बिग्रने खोप हो र सुर्यको प्रकाशले पनि यो खोपलाई कामनगर्ने बनाउँछ ।
यो सामान्यतया यो खोप २ देखि ८ डिग्री सेल्सियसको बीचमा राखिन्छ, यो खोप ३७ डिग्री सेन्टीग्रेडमा रहयो भने १४ दिन, २५ डिग्री सेन्टीग्रेडमा रहयो भने ९ दिन ५ डिग्री सेन्टीग्रेडमा रहयो भने ३ बर्ष बढि सम्म काम गर्न सक्छ त्यसैले यो खोपलाई केन्द्रियखोप भण्डारबाट खोप लगाउने खोप केन्द्र सम्म पुरयाउँदा सम्म २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राख्नु पर्दछ र सुर्यको प्रत्यक्षप्रकाश देखि जोगाउनु पर्दछ ।

दादुरा रुबेला खोपमा भ्याक्सिन भायलको तापक्रम अनुगमन गर्ने सूचक भ्याक्सिन भायल मनिटर (भि.भि.एम.) यसको बिर्को वा टाउकोमा हुन्छ ।भ्याक्सिनप्रयोग गर्नु भन्दापहिले भि.भि.एम.हेर्नु पर्छ भि.भि.एम. सुचक १, २, ३, ४ हुन्छ, भि.भि.एम. सुचक १, २ भएको भ्याक्सिन मात्र प्रयोग गर्नु पर्दछ भि.भि.एम. सुचक ३, ४ मा गएको भएमा त्यो खोप प्रयोग गर्नु हुँदैन त्यस्तो खोप लगाएमा बच्चामा त्यो खोपले दादुरा बिरुद्धको लडने क्षमता बिकास गर्न सक्दैन । त्यस्तै भ्याक्सिनको भि.भि.एम. ठिक भएमा पनि यदि भ्याक्सिनको मिति सकिइसकेको छ भने भ्याक्सिन प्रयोग गर्नु हुँदैन । म्यादगुज्रेको भ्याक्सिनमा भि.भि.एम. ठीक भएपनित्यसलाई प्रयोग गर्नु हुदैन, भ्याक्सिनलाई सधै नै चिसोमा (कोल्डचेन) राख्ने गर्नु पर्दछ, सुर्यको किरणमा कदापीे भ्याक्सिन भायल राख्नुहुंदैन ।

तयार गर्नेबिधिः दादुरा—रुबेला खोप पाउडरको रुपमा उपलब्ध हुने भएकोले यसलाई प्रयोग गर्नु अघि खोपसँगै आएको घोलकलाई पुरै तानी घोलेर तयार गर्नुपर्दछ । घोलक र भ्याक्सिन कम्तिमा १२ घण्टा समान तापक्रममा भएको यकिन गरेर मात्र घोल्नु पर्दछ ।

दादुरा- रुबेला: खोप पाउडरको फ्रिज ड्राईड पाउडर Freeze dried powder मा हुने भएकोले यसलाई प्रयोग गर्नु अघि खोपसँगै आएको घोलकलाई पुरै सिरिन्जंमा तानी भ्याक्सिन भाइलमा मिसाउनु पर्दछ । यो खोप अन्यखोपको घोलक वा डिष्टिल वाटरसँग कदापि घोल्नुहुँदैन । घोलकलाई घोल्नु अगाडि भ्याक्सिन र घोलकको तापक्रम समान हुनुपर्छ त्यसैले घोलकलाई भ्याक्सिनसँगै १ दिनअगावै चिसो बनाउनु पर्दछ ।

खोप प्रयोगको समय अबधिः घोलेको ६ घण्टा पश्चात् दादुरा–रुबेला खोप कदापि प्रयोग गर्नुहुँदैन । यो खोप खोलेको ६ घण्टा पछि वा खोप सेसन सकिएपछि (यी दुई मध्ये जुन अवस्था पहिले आउँछ) यो खोप प्रयोग गर्नु हुँदैन ।
कुनै कारणबश तालिकाअनुसार दादुरा रुबेलाखोप लिन छुट भएमा?

-यदि बच्चा ९ महिना उमेर भन्दा पछि आएका छन् भने
पहिलो भेटमा नै यो खोपको पहिलो मात्रा दिने
दोश्रो मात्रा १५ महिनामा दिने
– यदि बच्चा १५ महिनाभन्दामाथिको उमेरमा यो खोप लाउनआएका छन् तर पहिलो मात्रालगाएका छैनन् भने?
पहिलो भेटमा नै यो खोपको पहिलो मात्रा दिने,
दोश्रो मात्रापहिलो मात्राको खोपलाएको ४ हप्तापछि दिने ।
– नियमितखोपमाखोप छुट भएका २३ महिना सम्मको बालबालिकाहरु शुन्यखोप (कुनै पनिखोप नलाएको) भेटिएमा?
-१५ महिनामुनिको बालबालिका भेटिएमा पहिलो १ मात्रापहिलो भेटमा दिने र बाकिदोस्रो मात्रा तालिका अनुसार १५ महिनामादिने
– १५महिनामाथिको बालबालिका भेटिएमा १-१ महिनाको फरकमा २ मात्रा दिने ।
-यदि २४ महिना देखि५९ महिना सम्मको बालबालिकाहरु शुन्यखोप (कुनै खोप नलगाएको) भेटिएमा ?दादुरा-रुबेला  १ महिनाको फरकमा २ मात्रा दिने

दादुरा–रुबेला खोपको प्रभाबकारीता
दादुरा–रुबेला बिरुद्धको खोप लगाईसकेपछि यो खोपले शरिरमा दादुरा –रुबेला बिरुद्धको एन्टिबडि उत्पादन गर्न १४ दिन देखि १ महिना लाग्दछ वा यो खोप लगाएको १ महिना पछि मात्र खोपले दादुरा हुन बाट बचाउँछ ।

बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा १-१ मात्रागरि २ मात्रादादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एकमात्र प्रभावकारी उपाय हो ।

नियमित खोप लगाउदा दादुरा खोप लगाउन छुट भएका बालबालिकाहरुमा समेत ५ बर्षको उमेर भित्र जुन सुकै समयमा आएमा पनि १ महिनाको फरकमा २ मात्राखोप दिई पुर्ण खोप सेवा प्रदान गरिन्छ ।

दादुराको खोप १ मात्राको प्रभाबकारिता ८५% र दोस्रो मात्रा समेत दिएमा रोगको रोकथाम गर्ने प्रभावकारीता दर ९५–९७ % हुने विभिन्न अनुसन्धानहरुले प्रमाणित गरेका छन । दादुरा, रुवेला र congenital बाट सुरक्षित हुन दादुरा रुवेला खोप दिइन्छ । यो Live attenuated virus  (जिवितकमजोर भाइरस ) बाट बनाइएको हुन्छ ।

यो खोप ०.५ m छाला र मासुको बीचमा (Subcutaneous) दिइन्छ । कोभिड–१९ बिरुद्धको खोप लिएको १४ दिनभित्र र कोभिड–१९ खोप लिएको १४ दिन पछि सम्म दादुरा–रुबेला बिरुद्धको खोप दिइँदैन ।

नियमितखोपमा २३ महिना मुनिका बालबालिकाहरुमा दादुरा–रुवेलाखोप बच्चा जन्मेको ९ महिना र १५ महिनामा गरी २ पटक दिनुपर्छ ।

दादुरा–रुबेला बिरुद्धको खोप दिन नहुने अवस्थाः
पहिले दादुरा–रुबेला बिरुद्धको खोप लिएको बेला खोपको कारणले कडा प्रकारको Reaction भएको, अहिले दादुरा भएको बालबालिकामा, अन्यकुनै शिकिस्त बिरामी परेको अवस्थामा र एडसका बिरामीमा यो खोप दिईदैन तथाएच.आई.भि. मात्रभएको अवस्थामा यो खोप दिन सकिन्छ ।

दादुरा महामारी पछिको प्रतिकार्य खोप:
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले दादुरा–रुबेलामहामारी फैलिएको अवस्थामा सो रोगको प्रकोप फैलिन नदिन प्रकोप फैलिएको जिल्ला र वरीपरिका जिल्लाहरुमा प्रकोप फैलिन नदिन र नियन्त्रण गर्नका लागी राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत दादुरा–रुबेला प्रकोप नियन्त्रण र ब्यवस्थापनको लागी (Outbreak Response Immunization)  कार्यक्रम संचालन निर्देशिका, २०७७ तयार गरेको छ ।

सो निर्देशिकाअनुसार दादुरा रोगको महामारी देखिएको जिल्ला वा भौगोलिक क्षेत्र र त्यहाँबाट मानिस आवातजावात गर्ने संगै जोडिएको जिल्लावा बस्तीहरुमा समेत रोग फैलिन नदिन महामारी पछिको प्रतिकार्य खोप अभियान (Outbreak Response Immunization: ORI)  सञ्चालन गरिन्छ । यस अभियानमा प्रयोग गरिने खोप अन्य फरक प्रकारको खोप नभई सामान्यतया हामिले मासिक रुपमा प्रयोग गरिने खोप जुन दादुरा रुबेलाको बिरुद्ध लगाउनका लागी सुरक्षित र प्रभाबकारी भनिबिश्व स्वास्थ्य संगठन बाट प्रिक्वालिफाईड प्रमाणित खोप हो ।
दादुरा रुबेला प्रकोप नियन्त्रण, रोकथाम र ब्यवस्थापनको लागि (Outbreak Response Immunization=ORI) अभियानको क्रममा खोप दिने शरिरको भाग (Site /Route / Dose) तल उल्लेख भए अनुसार दिने

सामान्यतया यो बिशेष थपखोप अभियान (ORI) सञ्चालनगर्दा लक्षित समूहनिर्धारण गरिन्छ । जसमाः यदि महामारीको समयमा बिरामीहरु ९ महिना माथिको देखिएमा उमेर समुह ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई सो अभियान मार्फत दादुरा–रुबेला बिरुद्धको खोप थप १ मात्रा दिईन्छ भने यदि महामारीको समयमा ९ महिना मुनिका बालबालिकाहरुमा समेत दादुराको प्रकोप देखिएको भएमा उमेर समुह ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई सो अभियानमार्फत दादुरा–रुबेला बिरुद्धको खोपको थप १ मात्रा दिईन्छ

(श्रेष्ठ स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकल पर्सन हुनुहुन्छ)

  • २१ माघ २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech