दाँत माझ्ने ब्रस कति–कति महिनामा फेर्ने ?

    • डा.समीक्षा रानाभाट/दन्त चिकित्सक

  • १३ कार्तिक २०७९, आईतवार

दाँत खिइनुका कारण धेरै हुन्छन्। विभिन्न खालका कोल्ड ड्रिङ्सको प्रयोगले गर्दा दाँत खिइन्छ भने राती सुत्दा दाँत टोक्ने, किट्ने बानीले गर्दा पनि खिइन्छ। दाँतको बिचमा खाली ठाउँ भएर नमिलेमा पनि खिइन्छ। अमिलो पदार्थ धेरै खाएमा पनि यस्तो हुन्छ।

यसको पहिलो उपचार भनेको रोकथाम नै हो। उपयुक्त खालका ब्रस प्रयोग गर्नुपर्छ। धेरै दुःखाई भएको छ भने उपचारमा जानुपर्छ। सानो उमेर तथा युवा उमेरमै दाँत खिइएको छ भने उपचारमा जानुपर्छ। त्यस्तै रातीमा दाँत किट्ने र टोक्ने समस्या धेरै छ भने चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ। ६-६ महिनामा दाँतको परीक्षण गर्नुपर्छ भने एक वर्षमा दाँत सफा गर्नुपर्छ। त्यस्तै आफूले पनि होसियारी अपनाउनुपर्छ।

अर्को कुरा, दाँत माझ्ने ब्रस पनि उपयुक्त हुनुपर्छ। तीन महिनाभन्दा धेरै समय एउटा ब्रसको प्रयोग गर्नु हुँदैन। त्योभन्दा धेरै प्रयोग भयो भने दाँत थप खिइने समस्या हुन्छ। लामो समयसम्म एउटै ब्रस प्रयोग गर्दा दाँत खिइनेदेखि दाँतको संक्रमण लगायतका अन्य समस्या आउँछन्। त्यसैले समय-समयमा ब्रस फेर्नुपर्छ।

दाँत खिइने, दाँत किरा लाग्ने लगायतका समस्या समाधानका लागि रोकथाम नै महत्वपूर्ण हो। दिनमा दुई पटक अनिवार्य ब्रस गर्नुपर्छ। ६-६ महिनामा एक पटक चिकित्सककहाँ जाने हो भने दाँतका धेरै समस्याबाट जोगिन सकिन्छ।

  • १३ कार्तिक २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech