दाँत किराले किन खान्छ, कसरी बच्ने ?

    • स्वास्थ्य पेज

  • १२ कार्तिक २०७९, शनिबार

खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नका कण दाँतमा अड्किन्छ । दाँतमा अड्किएको उक्त अन्नको कण ब्याक्टेरियाले खाएर एक प्रकारको एसिड निकाल्छ उक्त एसिडले दाँतको सतह वा इनामेललाई पगाल्छ ।

जसलाई क्याभिटी भनिन्छ, सानोबाट सुरु भएको उत्तः क्याभिटी ठूलो हुँदै जान्छ । दाँत किराले खानुका कारण पछिल्लो समय नेपालमा रेडिमेड खानेकुराहरू जतिबेला पनि खाने चलन छ । यसले पनि दाँतलाई असर पुगेको छ ।

विशेषगरी कुरकुरे, चक्लेट, चाउचाउ, टाँसिने चकलेट, लेज, चिप्स, फ्यान्टाजस्ता रेडिमेड चिजहरू खाने चलन बढ्दै गएको छ । धेरैले यस्ता खाने कुरालाई सजिलो खाजाका रूपमा लिने गरेका छन् । यस्ता खानेकुराहरू खाएपछि दाँत नमाझिकन या कुल्ला नगरी छोड्ने चलन छ । यस्तो बानीले गर्दा दाँत किराले खाने रोग बढेको छ ।

गुलिया खानेकुरामा चिनी हुन्छ । त्यो दाँतमा जम्मा भएपछि व्याक्टेरिया निस्कन्छ र दाँत किराले खान्छ । त्यस्ता खानेकुरा टाँसिइरहेपछि एसिड निकाल्छ र त्यही वृद्धि भएर दाँत किराले खान्छ। मुख्य कारणमा गुलियो खानेकुरा तथा पेय पदार्थको प्रयोग,इनामेलको कमी,तथा मुख सुख्खा हुनु हो ।

बच्ने उपाय

– दाँत किराले खानु वा बिग्रिनुको मुख्य कारण दाँतको स्याहार नगरेर हो । दैनिक रूपमा बिहान–बेलुका दाँत सफा गर्ने गरेमा किराले खाँदैन ।

– फ्लोराइडयुक्त दन्तमन्जनले दिनमा दुईपटक दाँत सफा गर्ने तथा खाना खाएपछि पानीले राम्ररी कुल्ला गर्ने ।

– गुलियो खाने कुराहरू जस्तै, चिनी, चकलेटको प्रयोग कम गर्ने ।

– वर्षमा दुईपटक दन्तचिकित्सकलाई दाँत देखाउने ।

– ब्रस गर्दा दाँतमा अड्किएको सबै खानेकुरा बाहिर ननिस्किएको हुन सक्छ त्यसैले दाँतलाई डेन्टल फ्लसको प्रयोग गरेर सफा गर्नु पर्छ ।

  • १२ कार्तिक २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech