पाठेघरमा कसरी हुन्छ संक्रमण ?

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७९, बिहीबार

नेपालगन्ज: पाठेघर सृष्टिको उद्गम विन्दु हो। यो महिलाको अस्तित्वसँग जोडिएको हुन्छ।

पाठेघर बच्चा जन्माउनका लागी मात्र नभइ महिनावारी हुनका लागी पनि आवश्यक पर्छ। पाठेघरविना महिला स्वस्थ्य हुन सक्दैनन्। त्यसैले महिलाका लागि पाठेघर महत्वपुर्ण छ।

सामान्यतय पाठेघरको फैलावट सात देखि आठ सेन्टिमिटर हुन्छ। एकपटक बच्चा भइसकेपछि पाठेघर तन्किएर अर्थात लम्बिएर नौं देखि दश सेन्टिमिटर हुने स्त्री रोग बिशेषज्ञ डा. दिलासा तिमल्सिना बताउनुहुन्छ ।

पाठेघरको मुख , डिम्बाशय (ओभरी) र पाठेघर तीन अङ्गलाई समग्रमा पाठेघर भनेर बुझ्नुपर्ने उहाँले बताउनुभयो। यो अङ्गमा समस्या भए महिलालाई कष्ट हुने उहाँको भनाइ छ।

पाठेघरमा अ‍ैजेरो (मासु) पलाउने, पाठेघर क्यान्सर, डिम्बाशयमा सिस्ट (पानीको फोका) पलाउने, डिम्बाशय ट्युमर (क्यान्सर), पाठेघर मुखको क्यान्सर, सेतो पानी जाने र पाठेघरको संक्रमण (इन्फेक्सन) हुने उहाँले जानकारी दिनुभयो ।

पाठेघरमा आउने विभिन्न समस्याका कारणहरु मध्ये केहि समान खालका हुन्छन् भने केहि अलग अलग किसिमका हुने उहाँले बताउनुभयो ।

यौनाङ्गको सरसफाइमा ध्यान नदिँदा पाठेघर इन्फेक्सन हुने र पिसाबको इन्फेक्सनबाट पनि पाठेघर इन्फेक्सन हुन सक्ने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार कलिलो उमेरमा एकभन्दा बढी व्यक्तिसँग यौन सम्पर्क गर्नाले पनि पाठेघर इन्फेक्सन हुनसक्छ।

सेतो पानी जाँदा गन्हाउने, योनी चिलाउने, फोका फोका जस्तो डावर देखिएमा इन्फेक्सन हुनसक्ने उनले जानकारी दिनुभयो । उहाँका अनुसार समयमा नै इन्फेक्सनको उपचार नगरेमा इन्फेक्सन फैलिँदै गएर पाठेघरको मुखको क्यान्सर पनि हुन सक्छ।

पाठेघरको इन्फेक्सन भए सुरुमा समस्या निक्र्यौल गर्नुपर्ने उहाँले बताउनुभयो । ‘सेतो पानी जाने समस्या छ भने कस्तो प्रकारको सेतो पानी गइरहेको भनेर हेर्नुपर्छ। कोहि दहिको डल्लो जस्तो हुन्छ कोहि सिगाँन जस्तो चिप्लो हुन्छ,’ उहाँले भन्नुभयो, ‘बिरामीको यौनी चिलाइरहेको छ वा छैन हेर्नुपर्छ। त्यसको आधारमा औषधि दिइन्छ। पाठेघरको इन्फेक्सन औषधिबाट निको पार्न सकिन्छ।

  • ३ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech