८० प्रतिशत मुटु रोग खानपानको अधीनमा हुन्छ

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७९, बिहीबार

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ । नेपालले पनि सन् २००० देखि विश्व मुटु दिवस मनाउँदै आइरहेको छ । मुटु रोगबारे जनचेतना फैलाउने मुख्य लक्ष्यका विश्व मुटु दिवस मनाउने गरिन्छ । ‘हर्ट फर हर्ट’ भन्ने नारासहित यस वर्ष विश्व मुटु दिवस मनाइदैंछ । आफ्नो साथै अरुको मुटुलाई पनि स्वस्थ्य राखौं भन्दै यो वर्ष विश्व मुटु दिवस मनाउन लागिएको हो ।
विश्वमा मुटु रोगीहरुको अवस्था 

विश्वभरमा रहेका मुटुरोगीहरुको संख्यालाई हेर्ने हो भने वर्षैनी १ करोड ७० लाख मानिसहरुको मृत्यु कारण बनेको छ मुटु रोग । यही अनुपातमा मुटु रोगीहरुको संख्या बढ्दै जाने हो सन् २०३० सम्ममा २ करोेड ३० लाख मानिसहरुको मृत्युको कारण मुटु रोग बन्न सक्छ ।नेपाल लगायत विश्वकै तथ्यांकलाई हेर्ने हो भने नसर्ने रोगहरुमध्ये सबैभन्दा बढी मानिसहरुको मृत्युको कारण मुटु रोग बनेको छ ।

मुटु रोगको वर्तमान अवस्था 

मुटु रोगीहरुको संख्या बढ्दै गएको अवस्था अहिलेको यथार्थ अवस्था हो । तर, विकसित मुलुकहरुमा घट्दो अवस्थामा रहेको मुट रोग नेपाल जस्तो अल्पविकसित देशहरुमा भने यस्ता रोग बढिरहेका छन्। विकसित मुलुकहरुले स्वास्थ्य प्रतिको सजगता तथा रोग रोकथामका क्षेत्रमा गरेका प्रयास प्रशंसायोग्य छन् ।

त्यसकारण विकसित मुलुकहरुमा मुटु रोगीहरुको संख्या घट्ने अवस्थामा पुगेको हो । डेनमार्क, स्वीडेन, नर्वे, अमेरिका जस्ता मुलुकहरुमा वर्तमान अवस्थामा मुटु रोगीहरुको संख्या घट्ने क्रममा रहेको छ । तर, नेपालजस्तो अल्पविकसित मुलुकहरुमा भने मुटुरोगीहरुको संख्या बढ्ने क्रममा रहेको छ। मध्यम आर्थिक अवस्था भएका नेपालजस्ता मुलुकहरुमा यस मुटु रोगको अवस्था भयावहरुपमा रहेको छ ।

आर्थिक अवस्था न्यून भएका मुलुकहरुमा भने अहिले पनि सरुवा रोग,कुपोषण जस्ता समस्याहरु व्याप्त छ । नेपाल लगायत मध्यम आर्थिक अवस्था भएको मुलुकहरुमा भने सरुवा रोग नभई नसर्ने रोगको समस्या व्याप्त छ । मुटुको रोगको कारण अन्य नसर्ने रोगहरु लाग्ने सम्भावना पनि त्यतिकै रहन्छ ।

जस्तै क्यान्सर डाइविटिज लगायतका रोगहरुलाई मुटु रोगको रिक्स फ्याक्टर पनि भन्ने गरिन्छ । जस्तै डाइबिटिजका कारण मुटु रोग, मृगौलामा समस्या, उच्च रक्तचाप, कोलेस्ट्रोल , जस्ता स्वास्थ्य समस्याहरु देखिन सक्छन् । धुम्रपान ,मद्यपान,खानपान लगायतका कुराहरु मुटु रोगका जोखिम तत्वहरु हुन् । मुटु रोगका विविध कारणहरु छन् । त्यसमध्ये खानपान एक महत्वपूर्ण कारण हो ।

त्यस्तै धुम्रपान तथा मद्यपान,व्यायामको कमी,जंकफुडको अत्याधिक प्रयोग जस्ता मानवीय व्यवहारले दिन प्रतिदिन मुटुरोगीहरुको संख्या बढिरहेको छ । मुटु रोगलाई नियन्त्रण गर्नका लागि शारीरिक व्यायाम महत्वपूर्ण मानिन्छ।

कस्ता खानेकुरा मुटु मैत्री मानिदैंनन् 
तारेको खानेकुरा साथै जंकफुडको अत्याधिक प्रयोग मुटुका लागि हितकर मानिदैंन ।आजकल जंकफुड मानिसको दैनिक बनिसकेको छ जसले दिनप्रतिदिन मुटु रोगको जोखिम बढाइरहेको छ । बढी मात्रामा चिल्लो,नुनिलो तथा गुलियो खानेकुराले मुटु रोगको जोखिम बढाएको छ।

नेपालका कस्ता मुटु रोगीहरुको संख्या धेरै छ?

नेपालमा बाथ मुटु रोगीहरुको संख्या धेरै छ । स्कुल जाने उमेरका बालबालिकामा देखिने मुटु रोग,यस्ता मुटु रोगलाई बाथ मुटु रोग पनि भन्ने गरिन्छ । यसप्रकारको मुटु रोग घाँटीको टन्सिल पाक्दाँ उपयुक्त औाषधि उपचार नपाएको कारणले लाग्छ। यस प्रकारको मुटु रोग ५देखि १५ वर्ष उमेर समुहका बालबालिकामा बढी मात्रामा लाग्छ । त्यसैगरी वयस्कहरुमा लाग्ने मुटु रोगको अर्को प्रकार हुन्छ।

यस्तो रोग जीवनशैलीसँग सम्बन्धित हुन्छ यसमा उच्च रक्तचाप ,कोलेस्ट्रोल ,हृदयघात लगायतका रोगहरु पर्ने गर्छन्।वर्तमान समयमा जीवनशैली बिग्रिएका कारण जीवनशैलीसँग सम्बन्धित रोगहरु एकदमै बढिरहेको अवस्था छ । उपचारको सुविधा,सहरीकरण तथा आधुनिक जीवशैलीका कारण यस प्रकार मुटु रोगहरुको संख्या बढिरहेको छ । भने उपचार सुविधाका कारण बाथ मुटुरोगीहरुको संख्या भने घटिरहेको अवस्था छ ।

कतिपय मुटुरोगहरु वंशाणुगत हुन्छन् जस्तै बुबा आमामा हृदयघात को समस्या छ भने छोराछोरीमा सर्ने सम्भावना बढी हुन्छ । जीवशैलीका कारण हुने मुटुरोगहरुमा उच्च रक्तचापको समस्या करिब ३३ प्रतिशत वयस्कहरुमा,कोलेस्टोर २५ प्रतिशतमा, तथा डाइबिटिज् १० प्रतिशतमा रहेको आकंलन गरिएको छ। काठमाडौं उपत्यकामा दैनिक १५–२० जनामा हृद्यघात हुने गरेको विभिन्न अस्पतालहरुको पछिल्लो तथ्यांकले देखाएको छ । मानिसको आहार,व्यवहार तथा मानसिक तनावका कारण मुटु रोगीहरुको संख्या बढेको हो।

मुटुलाई कसरी सुरक्षित राख्ने ?

धूमपान तथा मद्यपान नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने, तनावमुक्त रहने, सकभर बाहिरको खानेकुरा नखाने, फलफूल तथा तरकारीको मात्रा बढी खाने, नुन कम खाने, चिल्लो तथा बोसोयुक्त खानेकुराको सेवन कम गर्ने गरेमा मुटुरोगबाट बच्न सकिन्छ । दैनिक खानेकुरामा ध्यान दिएमा ८० प्रतिशतसम्म मुटुरोगबाट बच्न गर्न सकिन्छ ।

  • १३ आश्विन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech